पत्रकार पक्राउ गर्ने र समाचार हटाउने आदेशप्रति प्रेस सेन्टरको ध्यानाकर्षण
  • काँचुली खबर

२८ जेठ, काठमाडौंं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै जिल्ला अदालत काठमाडौंबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लघंन भएको संगठनका महासचिव मनोज घर्तीमगरद्वारा बुधबार जारी विज्ञप्पितमा उज्लेख छ ।

समाचारका विषयमा नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् भएको प्रेस सेन्टरको ठहर छ ।

‘स्वतन्त्र न्यायालयबाट पटक-पटक यस किसिमका आदेश हुनु, समाचार प्रसारण गरेकै कारण पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु संयोगमात्रै मान्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ ।

यसको जिम्मेवारी सरकार, गृहन्त्री र गृह प्रशासन लिनुपर्ने भन्दै सेन्टरले पत्रकार पाठकलाई पक्राउको तयारीबाट पछि हट्न आग्रह गरेको छ ।

  • २९ जेष्ठ २०८२, बुधबार १८:११ प्रकाशित
  • Nabintech