२७ जेठ, नेपालगन्ज । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बाँकेको नेपालगञ्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय र सूचना प्रविधि क्षेत्रको प्रतिनिधित्व गर्ने क्यान महासंघबीच काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो सम्झौता सम्पन्न भएको हो।
साझा दृष्टिकोणका साथ गरिएको यस सहकार्यको उद्देश्य नवप्रवर्तन प्रवर्द्धन गर्नु, सीप विकासमा टेवा पुर्याउनु, र शैक्षिक संस्था तथा उद्योगबीच बलियो सहकार्य कायम गर्नु रहेको बताईएको छ । यो सहकार्यले नेपालमा तीव्र गतिमा परिवर्तन भइरहेको आईसीटी क्षेत्रमा शैक्षिक अभ्यासहरूलाई व्यवहारिक आवश्यकतासँग समायोजन गर्ने लक्ष्य राखेको छ । यसले नेपाललाई डिजिटल रुपान्तरणतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सहकार्यका प्रमुख क्षेत्रहरू:
संयुक्त कार्यक्रम र इभेन्टहरूको आयोजना
विद्यार्थीहरूलाई इन्टर्नसिप र उद्योगमा सहभागिता
सहकार्यमा आधारित अनुसन्धान र नवप्रवर्तन
सूचना प्रविधि क्षेत्रमा नीति सम्वर्द्धन
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, “विश्वविद्यालयसँगको यो साझेदारी नेपालको ग्रामीण तथा स्थानीय स्तरमा ICT प्रतिभाको विकास गर्ने र समृद्ध नवप्रवर्तन प्रणाली निर्माण गर्ने दिशामा एक महत्वपूर्ण उपलब्धि हो ।”
यो सहकार्यले शैक्षिक संस्था र सूचना प्रविधि उद्योगबीचको दूरी कम गर्दै, स्नातक विद्यार्थीहरूलाई डिजिटल अर्थतन्त्रमा आवश्यक ज्ञान, सीप र अनुभव प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
२८ जेष्ठ २०८२, मंगलवार १७:२२ प्रकाशित