बाँकेको लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई २ लाख जरिवाना
  • काँचुली खबर

२७ जेठ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अधिकतम् मूल्य (एमआरपी) कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले बताए ।

कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको खत्रीले जानकारी दिए ।

  • २८ जेष्ठ २०८२, मंगलवार १५:०५ प्रकाशित
  • Nabintech