एजेन्सी । वेष्ट इण्डिजका स्टार खेलाडी निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । २९ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूरनले वेष्ट इण्डिजको तर्फबाट एकदिवसिय र टी २० क्रिकेटमा कप्तानको भूमिका निर्वाह गरिसकेका छन् ।
पूरनले सन् २०१६ मा पाकिस्तानबिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । यसको तीन वर्षपछि इङ्गल्याण्डविरुद्ध पूरनले पहिलो एकदिवसिय क्रिकेट खेलेका थिए। पूरन सन २०२२ मा वेष्ट इण्डिजको टी-२० कप्तान बनेका थिए । तर सोहि वर्ष अष्ट्रलियामा भएको टी-२० विश्वकप क्रिकेटमा खराब प्रदर्शनपछि उनले कप्तानी छोडेका थिए । उनले वेष्ट इण्डिजको तर्फबाट अन्तिम पटक सन् २०२४ बंगलादेशविरुद्ध टी-२० सिरिज खेलेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पूरनले आफुले निकै सोचविचारका साथ अन्तर्राष्ट्रिय क्रिकेटवाट सन्यासको घोषणा गरेको बताएका छन् । निकोलस पूरन टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्टइण्डिजको तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् ।
उनले वेष्ट इण्डिजको तर्फबाट १०६ टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै २२७५ रन बनाएका छन । त्यस्तै एकदिवसिय क्रिकेटमा ६१ खेल खेलेर १९८३ रन बनाएका छन् ।
२८ जेष्ठ २०८२, मंगलवार १४:०५ प्रकाशित