कोहलपुर १२ का १२० विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण
  • काँचुली खबर

२६ जेठ, कोहलपुर । सेवा विकासकालागि युवाद्वारा कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा अध्यनरत १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार एक कार्यक्रमका विच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गरिएको सेवा विकासकालागि युवाले जनाएको छ । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, १३ नम्बर वडाका वडा अध्यक्ष डम्बर बहादुर खडका, सेवा र विकासका लागि युवाका केन्द्रिय संयोजक प्रकाश कुमार शर्मा, प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य जनता रैकाको उपस्थिति रहेकाे थियाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाहले शैक्षिक सामाग्री वितरण कार्यको प्रशंसा गर्दै जन प्रतिनिधिको नाताले आफुहरूले गर्नुपर्ने काम सेवा र विकासका लागि युवा नामक सस्थाले गरेकोमा उक्त संस्था धन्यवादको पात्र भएको उल्लेख गरे । उनले शैक्षिक गतिबिधिहरुमा विद्यार्थीहरुको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने कुरामा समेत जोड दिए ।

त्यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि एवं १३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले आगामी दिनहरुमा यो र यस्तै प्रकारको सहयोगको अपेक्षा गरिएको उल्लेख गर्दै अध्यनरत विद्यार्थीहरुकालागि यो शैक्षिक सामाग्री निकै महत्वपुर्ण भएको उल्लेख गरे ।

  • २७ जेष्ठ २०८२, सोमबार ०९:१७ प्रकाशित
  • Nabintech