पत्रकार महासंघको सभाहल निर्माणमा डुडुवाले सहयोग गर्ने
  • काँचुली खबर

२५ जेठ, नेपालगन्ज । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माणकालागी सहयोग गर्ने भएको छ । कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभाहल निर्माणमा सहयोग गर्ने पञ्तिवद्धता जनाएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको निरिक्षणका क्रममा सो पञ्तिवद्धता जाहेर गरेका हुन । उनले प्राविधिकसहित महासंघको कार्यालय निरीक्षण समेत गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुगेका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभाहल निर्माणमा सहयोग गर्ने बताएका हुन ।

उनले भवन निर्माणको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताए । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभा कक्ष) निर्माण गर्न लागीएको बताए । ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभाहल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताए । गिरीले उक्त सभाहलको नाम ’डुडुवा सभा हल’ राखिने बताए । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसँगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताए ।

  • २६ जेष्ठ २०८२, आईतवार १९:४२ प्रकाशित
  • Nabintech