वातावरण दिवसकाे अवसरमा मन्दिर परिसरमा सरसफाई
  • काँचुली खबर

२२ जेठ, कोहलपुर । विश्व वातावरण दिवसको अवसर पारेर बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत १ सय बढि विद्यार्थीहरुको संलग्नतामा कोहलपुर १२ मा रहेको रामजानकी मन्दिर परिसरमा सरसफाई गरीएकाे हाे ।

विद्यार्थीहरुले मन्दिर परिसर र त्यहि रहेकाे रामजानकी गुरुकुल स्कुल परिसरमा समेत सफाई गरेका हुन । हातमा ग्लोव, मुखमा मास्क सहित सरसफाईमा उत्रिएका विद्यार्थीहरूले कुहिने तथा नकुहिने फोहर वर्गिकरण गरेर व्यवस्थापन समेत गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफ्नो विद्यालयबाट ५ किलोमिटर टाढाको दुरीमा पुगेर मन्दिर एवं गुरुकुल परिसर पुगेर सरसफाई गर्दा विद्यार्थीहरुमा नयाँ कुराहरुको समेत सिकाई हुने उद्धेश्यले उक्त मन्दिर परिसरमा सरसफाईको कार्यक्रम राखेको विद्यालयले जनाएको छ ।

विश्व वातावरण दिवस अर्थात ५ जुन बिभिन्न कार्यक्रमका साथ देशैभरि मानाईरहेको सन्दर्भमा तक्षशिला एकेडेमीले समेत एकान्त एवं शान्त वातावरणमा रहेको रामजानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेर पवित्र कार्यको थालनि गर्नुकासाथै विद्यार्थीहरुलाई चेतनामुलक कार्यक्रममा सहभागि गराएको रामजानकी मन्दिरका मुल पुजारीले बताए ।

तक्षशिला एकेडेमीवाट गएका विद्यार्थीहरुलाई रामजानकी गुरुकुलका बटुकहरुले स्वस्थी, शान्ति वाचन गर्दै स्वागत गरेका थिए । फरक परिवेशमा अध्यनरत विद्यार्थीहरुले आफुले सिक्ने सिकाईका कुराहरु एक आपसमा आदान प्रदान समेत गरेका थिए ।

रामजानकी गुरुकुलमा संस्कृत अध्यापन हुदै आएको छ । संस्कृत पढ्दै गरेका बटुकहरुलाई देखेर तक्षशिलाका विद्यार्थीहरुले सांस्कृतिक संस्कारसहितको शिक्षाका बारेमा आफुहरुले जान्ने मौका पाएको बताएका छन ।

गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन: प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह होस भन्ने हेतुले यो सरसफाई कार्यक्रमको आयोजना गरिएको बताउदै तक्षशिला एकेडेमी विद्यालयका अध्यक्ष विष्णु प्रसाद वेल्वासेले वातावरण संरक्षण र पर्बद्धनमा विद्यार्थीहरुवाट सिकाई हुने हो भने आ-आफ्नो घर-आँगन समेत सफा रहने विश्वास ब्यक्त गरे ।

  • २३ जेष्ठ २०८२, बिहीबार २०:१६ प्रकाशित
  • Nabintech