नेपालकी एरिका विश्व वरीयताको २७औँ स्थानमा
  • काँचुली खबर

२२ जेठ, काठमाण्डौं । नेपालकी कराँते खेलाडी एरिका गुरुङ आफ्नो तौल समूहको विश्व वरीयतामा २७औँ स्थानमा पुगेकी छिन् । विश्व कराँते महासंघले बुधबार सार्वजनिक गरेको विभिन्न तौल समूहको वरीयतामा एरिकाले एकैपटक २७औँ स्थान सुधार गरेकी हुन् ।

यसै साता मोरोक्कोमा भएको कराँते वान प्रिमियर लिगअन्तर्गत महिला कुमुते ६८ केजी तौल समूहमा उनले मुलुकलाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । नेपालको कराँते इतिहासमा अहिलेसम्म प्राप्त पदकमध्ये एरिकाले मोरोक्कोमा हात पारेको ठूलो मानिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महासंघले जारी गर्ने कुनै पनि तौल समूहको वरीयतामा उच्च स्थान पाउने एरिका पहिलो खेलाडी भएको नेपाली राष्ट्रिय कराँते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘एरिकाले प्राप्त गरेको वरीयता अहिलेसम्मकै ठूलो हो,’ श्रेष्ठले भने, ‘यसलाई पनि ऐतिहासिक मान्नुपर्छ ।’ कराँते वान प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको अहिले १४१० रेटिङ अंक रहेको छ । महासंघका अनुसार एरिकाले अहिलेसम्म १५ बाउटबाट वरीयता अंक जोडेकी हुन् । मोरोक्कोमा प्रतिस्पर्धा गर्नुअघि उनको वरीयता ५०औँ स्थान थियो । उनी विश्व कराँतेको सबैभन्दा प्रतिष्ठित मानिने प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । एरिकाले लिगको सेमिफाइनलमा विश्वकै नम्बर एक खेलाडी स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलेकी थिइन् । तर, एरिका सेन्सुका आधारमा पराजित भइन् ।

अर्को संस्करणमा सिधै छनोट

कराँते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहको भिडन्तमा उनले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराउँदै कांस्य पदक जितेकी थिइन् । सो प्रतियोगितामा विश्वका उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागिता जनाउन पाउँछन् । एरिकाले रिप्लेसमेन्टमार्फत अवसर पाएकी हुन् । जहाँ वरीयतामा माथि रहेका खेलाडीलाई माथ दिँदै एरिकाले पदक जितेकी हुन् ।

विश्व वरीयतामा २७औँ स्थानमा पुगेपछि अब उनले अर्को संस्करणमा सिधै कराँते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न पाउने भएकी छिन् । २०२५ को सिजनमा एरिकाले कुल ५७० अंकसहित तौल समूहको १८औँ स्थान हासिल गरिन् ।

  • २३ जेष्ठ २०८२, बिहीबार १२:२८ प्रकाशित
  • Nabintech