२२ जेठ, काेहलपुर । काेहलपुरमा बुधबार राति दु:खद घटना घटेकाे छ । नेपालगन्जबाट काेहलपुर घर फर्कने क्रम एक युवाकाे सडक दुर्घटनामा परेर मृत्यु भएकाे छ ।
कोहलपुर-१४ हवल्दारपुरमा मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर-६ का ३३ वर्षिय सरोज मरासिनीको ज्यान गएको हाे । स्राेतका अनुसार मर्मतकालागि खनेर छाडिएकाे सडकमा भे९प ८१५७ नम्बरको माेटरसाईकल दुर्घटना भएकाे थियाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीका अनुसार राति करिब १०:३० बजे माेटरसाईकल दुर्घटनामा परेकाे थियाे । सडक विभागले मर्मतकालागि खनेकाे बाटाेमा अनियन्त्रित भई माेटरसाईकल खसेकाे प्रहरीले जनाएकाे छ ।
आफैले चलाएकाे माेटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका मरासिनीलाई उपचारकालागि नेपालगन्ज शिक्षण अस्पताल काेहलपुर पर्याईएकाे थियाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।
(यसअघिकाे समाचारमा नेपालगन्जबाट फर्कने क्रममा हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याएका छाैं । – सम्पादक)
२३ जेष्ठ २०८२, बिहीबार ०८:५६ प्रकाशित