२२ जेठ, काठमाडौं। नेपाली पुरूष क्रिकेट टिम आफ्नाे पुरानाे लयमा फर्किएकाे छ । मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय इनिङ्ससँगै स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार आफ्नो दोस्रो खेलमा नेपालले अंक तालिकामा शीर्ष दुईमा रहेको नेदरल्यान्ड्समाथि ५ विकेटको जित हासिल गरेेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
लगातार दोस्रो जितसँगै सातौं स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक पुर्याएको छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।
नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपाललाई लगातार जित दिलाउन आरिफले सर्वाधिक ७८ रन बनाए । ९९ बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे ।
दीपेन्द्रसिंह ऐरिले ५१ बलमा तीन चौकासहित ३८ रनको इनिङ्स खेले । ओपनर कुशल भुर्तेल २५, रोहित पौडेल २३, आसिफ शेख १९ र भीम शार्की तथा गुल्सनकुमार झाले समान ११ रनको योगदान दिए ।
नेदरल्यान्ड्सका माइकल लेभिटले सर्वाधिक दुई विकेट लिए । १० ओभरमा बलिङ गरेका उनले ४३ रन खर्चिए । भिभिएन किङ्मा र पल भान मिकेरेनको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो ।
२३ जेष्ठ २०८२, बिहीबार ०८:१७ प्रकाशित