२१ जेठ, कोहलपुर । नेपाली काँग्रेस काेहलपुर नगर सचिव गोविन्द वाग्लेलाई काेहलपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । एक २० वर्षिया थारु युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
कोहलपुर नगरपालिका वडा नं. ६ का वडासदस्य समेत रहेका वाग्ले मंगलबार साँझ करिब साढे ८ बजेकाे समयमा पनी पिउने निहुँमा युवतीको घर पुगेका थिए । सोही क्रममा उनले युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेको प्रहरी स्राेतले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“गाउँमा भण्डारा चलिरहेकाे समयमा उनी त्यहा पुगेका रहेछन” वाग्लेलाई पक्राउ गरीएकाे पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी लक्ष्मि खनालले भनिन, “त्यहि समयमा युवतीलाई दुर्ब्यवहार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छाैं ।”
डिएसपी खनालले सबै कुरा अनुसन्धान पछि खुल्ने उल्लेख गर्दै पिडित युवती थारु समुदायको भएको जानकारी दिईन ।
दुर्व्यवहार भएपछि पीडित युवतीले आफ्ना परिवारलाई जानकारी गराएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि प्रहरीले वाग्लेलाई नियन्त्रणमा लिएको हो ।
एकथरी काँग्रेसजनले वाग्लेलाई फसाउन खोजिएको दावि गरेका छन । जिल्ला सभापति नारायण गौंडेलले भने यो घटना आफुले भर्खरै मात्र थाहा पाएको उल्लेख गर्दै सत्यतथ्य के हो भन्ने बारे आफुले अनुसन्धान गर्ने उल्लेख गरेका छन । उनले घटना सत्य भए काँग्रेस सदस्य हुदैमा कुनै किसिमको छुट नहुने भन्दै दोषि देखिए सजाएको भागिदार हुनुपर्नेमा जोड दिएका छन ।
२२ जेष्ठ २०८२, बुधबार १२:१३ प्रकाशित