२० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे” संचालनमा युवाहरु जुटेका हुन ।
दैलेखका २४ वर्षिय योगेश सिह ठकुरीले हस्पिटालिटिसँगै फार्म स्टेको अवधारणा ल्याएका हुन । जनज्योति मावि सुर्खेतमा लागू भएको “पढ्दै कमाउदै कार्यक्रम” बाट प्रभावित भएका ठकुरीले आफुले पढेको ज्ञानलाई व्यवहारमा लागु गर्ने उद्धेश्यले “फार्म स्टे” संचालनको योजना बनाएको बताए । जनज्योती माविमै अध्ययन गर्ने क्रममा त्यहाँ संचालन गरीएको कार्यक्रमले आफुलाई यस ब्यवसायमा जोडिन प्रेरणा मिलेको ठकुरीको भनाई छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पाँच वर्ष कृषि फर्म संचालनको अनुभव समेत बटुलिसकेका ठकुरीले भरैयामा साढे ७ बिगाह क्षेत्रफल भाडामा लिएर संरचना निर्माण गरीरहेका छन । जसअन्तर्गत पहिलो चरणमा अतिथिहरुकालागी सुविधासम्पन्न ४ वटा कोठा र एउटा ब्यवसायीक हल निर्माण कार्य अन्तिम चरणमा पुगेको ठकुरीले बताए । कृषि उत्पादन तथा हस्पिटालिटिको फ्युजनका रुपमा रहेको “फार्म स्टे” मा आउने पाहुनाहरुले पारीवारीक वातावरणमा अर्गानिक खानाको स्वाद लिन पाउने बताउँदै ठकुरीले कृषि संस्कारलाई प्रवद्र्धन गर्न आफुहरु लागीपरेको बताए ।
ठकुरीका अनुसार फार्म भित्र आउने पाहुनाहरुलाई लक्षित गरी हरेक प्रकारका फलफुल, तरकारीका साथै माछा, कुखुरा, खसीसँगै मौरी समेत पालन गरीएको छ । यहाँ आउने पाहुनाहरुले आफ्नै हातले टिपेर तरकारी खान पाउनुका साथै आफैले फिसिङ गर्न तथा रोजेर कृषि उत्पादनको स्वाद लिन पाउने छन । ठकुरीले पाहुनाहरुलाई पूर्ण रुपमा अर्गानिक खानाको स्वाद पस्कीने उद्धेश्य रहेको बताए ।
असार १ गतेदेखी संचालनको तयारीमा रहेको “भरैया फार्म स्टे” लाई पढ्दै कमाउदै कार्यक्रमको सिकाई केन्द्रका रूपमा समेत विकास गरीने ठकुरीले बताए । स्थानिय रुपमा विद्यार्थीहरुले उत्पादन गरेका खाद्यान्न संकलनकालागी खरिद केन्द्र समेत संचालन गर्ने उद्देश्य रहेको ठकुरीले जानकारी दिए ।
ठकुरीसँगै ब्यवसायमा जोडिएका कृषि विज्ञ सुरेश काफ्लेले फार्म स्टेलाई पूर्ण रुपमा नयाँ सोचका साथ अगाडी बढाउन खोजिएको बताए । उनले फार्म स्टेमा पूर्ण रुपमा आफैले उत्पादन गरेको अर्गानिक खानाको ब्यवस्था हुने बताए ।
२१ जेष्ठ २०८२, मंगलवार १७:०१ प्रकाशित