१८ जेठ, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जकाे हात्तिले शनिबार मध्यरातिसम्म स्थानियलाई आतङ्कित बनाएकाे छ । निकुञ्जले सफारीकालागी पालेकाे हात्ति बिच्किएर गाउँ पसेपछि स्थानियहरू आतंकित भएका हुन ।
समीर गजराज नामकाे हात्तीले आफ्नै माउते माथी आक्रमण गरेकाे थियाे । शनिबार दिउँसाे चराउनकालागि राप्तिनदी क्षेत्रमा लगेकाे बेला हात्तिले माउतेलाई आक्रमण गरी घाईते बनाएकाे थियाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनापछि अनियन्त्रित भएकाे हात्ती गाँउ पसेकाे स्थानिय पत्रकार ईश्वरी केसीले जानकारी दिएका छन । केसीका अनुसार दिउँसाे १ बजजेतिर गाउँ पसेकाे उक्त हात्ती राप्तीसाेनारी वडा नम्बर ४ को लालपुर, पस्रामपुर, भग्वानपुर र वडा नम्बर ५ को ललहीसम्म पुगेकाे थियाे । त्यसक्रममा हात्तिले निकुन्जको प्राबिधिक टोलिले प्रयोग गर्ने भे१झ २३६ नम्बरको बोलेरो जिप र पत्रकार केसीकाे भे८प २२०३ नम्बरको माेटरसाईकलमा क्षती पुर्याएकाे छ ।
नियन्त्रणमा लिन आएकाे प्राविधिक टाेलिकाे गाडि हात्तिले पल्टाईदिदा पूर्ण रूपमा क्षति भएकाे स्थानियले जनाएका छन । हात्ती गाउँ पसेपछि त्रसित भएका स्थानियहरू रातभर जागै बसेका थिए । हात्तिले स्थानियकाे जनधनमा भने खासै क्षति नपुर्याएकाे पत्रकार केसीले जानकारी दिए ।

हात्ती नियन्त्रणमा लिदै निकुञ्जको प्राविधिक टिम । तस्विर : ईश्वरी केसी
दिउँसो करिब १:०० बजे देखि अनियंत्रित भएकाे हात्तीलाई तीन डोज ट्रन्कुलार इन्जेक्सन प्रयोग गरेपछि राती १:३० बजे नियन्त्रणमा लिन सफल भएकाे स्राेतले जनाएकाे छ । हात्ती नियन्त्रणमा आएपछि हात्तिको बासिस्थान राप्तीसोनारी २ गोबारपुर लिएर राखिएकाे छ ।
हात्तिकाे आक्रमणमा परेका माउतेकाे सञ्जिवनि मेडिकल कलेज नेपालगन्जमा उपचार भईरहेकाे निकुञ्ज स्राेतले जनाएकाे छ । घाईतेकाे अवस्था खतरामुक्त रहेकाे बताईएकाे छ ।
१९ जेष्ठ २०८२, आईतवार ०९:५४ प्रकाशित