१७ जेठ, काठमाण्डौं । गर्भपतन चक्कीका आविष्कारक, फ्रान्सेली वैज्ञानिक एटिएन एमिल बाउल्युको ९८ वर्षको उमेरमा निधन भएको छ।
उनले मिफेप्रिस्टोन (आरयू ४८६) भनेर चिनिने मुखबाट सेवन गरिने ट्याबलेटको विकास गरेका थिए। उनको यसै योगदानले विश्वभरका लाखौं महिलालाई सुरक्षित र पहुँचयोग्य गर्भपतनको विकल्प प्रदान गर्दै शल्यक्रियाको बाध्यतालाई न्यूनीकरणमा सहयोग गरिरहेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पेरिसस्थित आफ्नै निवासमा शुक्रबार उनको निधन भएको पुष्टि उनकी धर्मपत्नी सिमोन हरारी बाउल्युले एक विज्ञप्तिमार्फत गरेकी हुन्। विज्ञप्तिमा भनिएको छ, ‘महिलाको स्वतन्त्रताप्रतिको उनको समर्पण र सबैलाई राम्रो र लामो जीवन जिउन सक्षम बनाउने उनको चाहना थियो र उनी अनुसन्धान विज्ञानप्रति प्रतिबद्ध थिए।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डा. बाउल्युलाई ‘साहसको प्रतीक र महिलालाई उनीहरूको स्वतन्त्रता हासिल गर्न सक्षम बनाउने प्रगतिशील दिमाग’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘एक फ्रान्सेलीले मात्र यस हदसम्म संसार परिवर्तन गरेका छन्।’
१८ जेष्ठ २०८२, शनिबार १६:०३ प्रकाशित