१६ जेठ, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरू भएको १३० दिन मात्र भएको छ । तर, उनको नीतिमाथि विवाद र कानुनी चुनौतीहरू रोकिएका छैनन् ।
अहिलेसम्म अमेरिकी अदालतहरूले ट्रम्प प्रशासनका कम्तिमा १८० कार्यकारी आदेश र नीतिहरूलाई स्थायी वा अस्थायी रूपमा रोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । साथै, ट्रम्प आफैंले यू-टर्न लिएर ११ प्रमुख निर्णयहरूलाई उल्टाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मिडिया रिपोर्टका अनुसार अदालतले जन्मसिद्ध नागरिकता समाप्त गर्ने, संघीय कर्मचारीहरूको सामूहिक बर्खास्त गर्ने र विदेशी सहायता रोक्नेजस्ता आदेशहरूलाई अवैध वा असंवैधानिक घोषित गरेको छ।
साथै, ट्रम्पले संघीय कोष फ्रिज, अन्तर्राष्ट्रिय विद्यार्थी भिसा र ट्यारिफ नीतिहरूजस्ता निर्णयहरूलाई धेरै पटक परिवर्तन वा फिर्ता लिएका छन् ।
ट्रम्पले कोलोराडो अदालतले अवैध घोषित गरेको भ्वाइस अफ अमेरिकालाई समाप्त गर्ने निर्णय गरेका थिए । क्यालिफोर्नियाको अदालतले वातावरणीय नियमहरूलाई कमजोर पार्ने आदेशहरूलाई पनि रोकेको थियो ।
वाशिंगटनको अदालतले गैर-अमेरिकीहरूका लागि मतदान प्रतिबन्धलाई असंवैधानिक मानेको छ । अप्रिल २०२५ मा, ट्रम्प प्रशासनले एक हप्तामा ११ मुद्दा हारेको थियो ।
न्यूयोर्कको अदालतले ट्रान्सजेन्डर स्वास्थ्य अधिकारलाई सीमित गर्ने ट्रम्पको आदेशलाई पनि भेदभावपूर्ण र गैरकानूनी घोषित गरिदियो । यसबाहेक अदालतले विदेशी कोषसँग सम्बन्धित ट्रम्पको आदेशलाई पनि गलत मानेको छ ।
ट्रम्पले बारम्बार उल्टाएका नीतिहरूमध्ये सबैभन्दा ठूलो मुद्दा करसँग सम्बन्धित छ। साथै, आप्रवासी बालबालिकाको जन्म अधिकार रोक्ने निर्णय पनि आदेशको केही दिनमै ट्रम्पले रद्द गरेका थिए ।
सरकार दक्षता विभागअन्तर्गत इबोला रोकथाम कोष रद्द गरिएको थियो जुन पछि पुनर्स्थापित गरियो। मेक्सिको-क्यानडासँगको व्यापार सम्झौता रद्द गर्ने घोषणा गरे तर, दबाबपछि यसलाई स्थगित गरे।
ट्रम्पको चुनावी अभियानमा एक पटक २१०० करोड रुपैयाँ दान गर्ने र उनलाई खुला रूपमा समर्थन गर्ने व्यवसायी एलोन मस्कले ट्रम्पबाट अलग हुने निर्णय गरेका छन्। यसको मुख्य कारण चीनमा मस्कको व्यावसायिक स्वार्थ हो।
मस्क(ट्रम्प विवाद मार्च २०२५ मा पेन्टागनको बैठकबाट शुरू भएको थियो। मस्कले आफ्नो स्वार्थ पूरा गर्न अमेरिकाको चीनमा रहेको गुप्तचर नीतिबारे जानकारी चाहन्थे, जसमा युद्ध योजनाहरू समावेश थिए। ट्रम्पले यो साझा गर्न अस्वीकार गरे।
मस्कको अटोमोबाइल कम्पनी टेस्ला धेरै हदसम्म चीनमा निर्भर छ। टेस्लाको कारहरूमा प्रयोग हुने ४० प्रततिशत ब्याट्री र २५ प्रतिशत पार्टपुर्जा चीनबाट आउँछन्।
२०१८ मा, चीनले पहिलो विदेशी कम्पनीलाई साझेदार बिना सांघाईमा गिगा कारखाना स्थापना गर्न अनुमति दिएको थियो । टेस्लाको ५० प्रतिशत सवारी साधन यहाँ उत्पादन गरिन्छ।
फेब्रुअरी २०२५ मा सांघाईमा दोस्रो कारखाना शुरू भएको थियो । प्रत्येक वर्ष १० हजार मेगाप्याक ब्याट्रीहरू यहाँ बनाइन्छन् । चीन टेस्ला मोडेल वाईको लागि दोस्रो ठूलो बजार हो ।
टेस्लाले चीनसँग पनि डेटा साझा गर्छ । ट्रम्प प्रशासनले यसलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ ।
मस्कले चीनबाट ११ हजार ७६० करोड रुपैयाँको सरकारी ऋण लिएको छ। ट्रम्पले चीनमाथि लगाएको करका कारण अप्रिलसम्म टेस्लाको नाफा ७१ प्रतिशतले घटेको समाचारमा उल्लेख छ ।
१७ जेष्ठ २०८२, शुक्रबार १४:४५ प्रकाशित