५ लाख भारतीय रुपैयाँसहित जयसपुरबाट दुई जना पक्राउ
  • काँचुली खबर

१६ जेठ, नेपालगन्ज । अवैध भारतीय रुपैयाँ सहित नेपालगन्जको जयसपुर नाकाबाट दुई जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १६ स्थित जयसपुर नाकाबाट पाँच लाख नगद भारतीय रुपैयाँ सहित एक नेपाली महिला र एक भारतीय नागरीक पक्राउ परेका हुन ।

भारतको लखनऊ, उत्तर प्रदेशबाट निस्किएको UP 32 LB 6389 नम्बरको सवारी साधनलाई शंका लागी चेकजाँच गर्दा गाडीभित्र भारतीय रुपैयाँ ५०० दरका ६०० थान र २०० दरका १,००० थान गरी जम्मा ५ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बरामद रकम तथा उक्त नम्बरको गाडीसहित लखनउ उत्तर प्रदेश बस्ने वर्ष ४० का निरज चौरासिया र दाङकी २६ वर्षिया साईना नेपाली नामकी महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता नायव उपरीक्षक दीपक पाण्डेका अनुसार अनुसन्धान कार्य अगाडि बढाइएको छ।

  • १७ जेष्ठ २०८२, शुक्रबार १२:४३ प्रकाशित
  • Nabintech