चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु
  • काँचुली खबर

१४ जेठ, बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ बालापुर बस्ने ६ वर्षीया बालिका सायरा थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरी केही पर लगेपछि घरका अभिभावक र छिमेकीले हल्ला गरेर उनलाई छुटाएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बालिकाको उद्धार गरी तत्काल बर्दिया अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै जिल्ला अस्पताल बर्दियाका चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी चक्रबहादुर डम्बरपालले बताए ।

सायराको घर बालापुरस्थित जङ्गलको छेउमा रहेको छ । पछिल्लो समयमा बर्दियामा गाउँबस्तीमा छिरेर चितुवाले आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

  • १५ जेष्ठ २०८२, बुधबार १३:३५ प्रकाशित
  • Nabintech