देशभर सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको घोषणा
  • काँचुली खबर

१४ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आगामी जेठ १९ गतेदेखि देशभरका यातायात बन्द गर्ने घोषणा गरेका छन् । राज्यले सार्वजनिक यातायातमा देखापरेका समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै यस्तो घोषणा गरेका हुन् ।

संविधानविपरीत प्रदेश सरकारहरूले ऐन नियमावली बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएको व्यवसायीको दाबी छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिने घोषणा गरिएको हो ।

“जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा यातायात बन्द गर्छौं । त्यसपछि दुई दिन विविध कार्यक्रम घोषणा गरेर १९ गतेदेखि देशभर यातायात बन्द हुन्छ,” नेपालले भने, “बस, मिनीबस, ट्याम्पो, ट्याक्सीलगायत भाडाका सबै सवारीसाधन ग्यारेजमा थन्क्याएर बस्छौँ ।”

उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा नेपाली निम्न मध्यम र मध्यमवर्गको करिब १३ खर्ब नेपाली पुँजी लगानी भएको छ । १५ लाख प्रत्यक्ष रोजगारी, ४० लाख आश्रित परिवार सार्वजनिक यातायात क्षेत्रमा छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत आज जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाई आन्दोलनको प्रचारप्रसार गरिनेछ । त्यसपछि जेठ १८ गते कालो झण्डासहित सवारीसाधनको ६ वटै प्रदेशमा विरोध र्‍याली आयोजना गरिनेछ ।

सो दिनसम्म सरकारले माग सम्बोधन नगरेमा जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्‌ना सवारीसाधन घर ग्यारेजमा थन्क्याई आन्दोलन गरिने सम्बद्ध व्यवसायी संगठनले जनाएका छन् ।

आन्दोलनको तयारीका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सर्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपाल यातायात मजदुर संघ एकजुट भएका छन् ।

  • १५ जेष्ठ २०८२, बुधबार १३:०७ प्रकाशित
  • Nabintech