पुर्व श्रीमतीलाई घरमा बाेलाएर बीभत्स हत्या
  • काँचुली खबर

१४ जेठ, बुटवल । बुटवलमा आमा सहित दुइ बच्चाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा महिला सहित दुई बच्चाकाे हत्या भएको हो ।

उनीहरुलाई घरेलु हतियार हथैडा र चक्कु प्रहार गरी हत्या गरेको डिएसपी सुरज कार्कीले जानकारी लिए । कार्कीका अनुसार पाल्पा घर भएकी ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालकाे हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०र३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ ।

उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • १५ जेष्ठ २०८२, बुधबार ०८:५७ प्रकाशित
  • Nabintech