विद्युत आपूर्ति सहज बनाउन माओवादी केन्द्र कोहलपुरको माग
  • काँचुली खबर

१२ जेठ, कोहलपुर । बिना सूचना लाइन काट्ने र झ्याप्प झ्याप्प बत्ती जाने गरेकोले यस क्षेत्रका आम नागरीकको दैनिक जिवनमा असर परेको भन्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।

पूर्व सूचना सार्वजनिक नगरी दिनहुँ बत्ती काट्नुले स्थानियमाथि खेलबाड भएको भन्दै माओवादी केन्द्र कोहलपुर नगर समितिले ध्यानाकर्षण पत्र मार्फत खबरदारी गरेको छ । विगत केही महिना अगाडी सहज आपूर्ती हुँदै आईरहेको विद्युत सेवा केही महिना यता अनियमित हुन थालेको भन्दै माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रको जिम्मेवार क्षेत्रभित्र देखापरेका विद्युत सम्बन्धित सम्पूर्ण समस्याको पहिचान गरी तत्काल समाधान गर्न समेत माग गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यालय प्रमुख सुरज रेग्मीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले पहिलो चरणमा खवरदारी गर्ने र सुनुवाई नभए चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरीने बताए । पछिल्ला केहीदिनयता विद्युत सेवा नियमित नहुँदा नागरिकको दैनिकी प्रभावित भएको, कार्यालय तथा विद्युतीय उपकरण सञ्चालक व्यवसायहरूमा समेत बाधा पुगेकाले अघोषित रुपमा हुँदै आएको लोडसेडिङको तालिका सर्वजनिक गर्न समेत खड्काले माग गरेका छन ।

उनले नगर क्षेत्रभित्र विभिन्न स्थानमा विद्युतका पोल गाडेर तार समेत तानिसकेको अवस्थामा  विद्युत लाईन उपलब्ध नगराईएको भन्दै तत्काल उक्त स्थानहरुमा लाईन प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यालयका प्रमुख रेग्मीले कोहलपुर क्षेत्रमा लोडसेडिङ नभएको दावी गरे । हावाहुरी तथा प्राविधिक समस्याका कारण कहिलेकाँही लाईन काटिए पनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने जिकिर गर्दै रेग्मीले पछिल्लो केही दिनयता विद्युत प्रावाहमा समस्या देखिए पनि त्यसप्रकारका समस्या तत्काल समाधान गरीएको बताए ।

उनले ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयहरुप्रति आफु गम्भीर भएको उल्लेख गर्दै आगामी दिनमा कुनै गुनासो नआउने गरी विद्युत सेवा प्रावाह हुनेमा विश्वस्त हुन आग्रह गरे ।

  • १३ जेष्ठ २०८२, सोमबार १४:०२ प्रकाशित
  • Nabintech