रोशनी शाही बालकोटमा मृत फेला​
  • काँचुली खबर

११ जेठ, काठमाण्डौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छिन् । उनी आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा मृत फेला परेकी हुन् ।

उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।​

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।

महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए ।

  • १२ जेष्ठ २०८२, आईतवार १८:१३ प्रकाशित
  • Nabintech