तीनकुने घटना : प्रसाईंलाई ज्यान मुद्दा, धवल र मिश्रसहित ८ जनालाई राज्यविरुद्धको कसुर लगाउनुपर्ने राय
  • काँचुली खबर

८ जेठ, काडमाण्ठौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राजावादीहरूले घटाएको हिंसात्मक तीनकुनेमा घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ ।

प्रदर्शनका क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाउने तयारी भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गरिएको अराजक प्रदर्शनमा सहभागीमध्येका ८ जनाविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा चलाउन प्रहरीले राय दिन लागेको हो ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित १८ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिन लागिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

ती अधिकृतका अनुसार बाँकी २७ जनाविरुद्ध भने आपराधिक उप्रदव र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्न लागिएको छ ।

हाल प्रहरी हिरासतमा ५० जना छन् । संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । उनीहरू बिहीबारसम्म जोड्दा ५५ दिन प्रहरी हिरासतमा बसेका छन् ।

६० दिनभित्र प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने हुन्छ । मिश्र, जबरा र अर्का एक जना हाजिरी जमानीमा छुटे पनि सरकारी वकिल कार्यालयमा पुनः बयानका लागि जानुपर्ने हुन्छ ।

प्रहरीका अनुसार मुद्दामा झण्डै ४६ करोड ९० लाख रुपैयाँ बिगो काम गरिने छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेका कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरूपमा क्षति भएको थियो ।

आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।

आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका-५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुपविक्रम ठकुरी र दुर्गा प्रसाईंसहित ८ जनालाई ज्यानसम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।

  • ९ जेष्ठ २०८२, बिहीबार १९:४६ प्रकाशित
  • Nabintech