बसमा केरा खाँदै थिए, सिटमुनि मृत भेटिए
  • काँचुली खबर

८ जेठ, दाङ । काठमाडौंबाट रोल्पा फर्किँदै गरेका एक यात्रुको यात्राकै क्रममा बसको सिटमै मृत्यु भएको छ।

रोल्पा त्रिवेणी गाउँपालिका-५, धैरेनीका ५० वर्षीय लालबहादुर खत्री मङ्गलवार राति काठमाडौंबाट दाङको घोराही पुगेर त्यहाँबाट रा १ ख २३५७ नम्बरको यात्रुवाहक बस चढेर घरतर्फ लागेका थिए। तर, उनी गन्तव्यमा पुग्न सकेनन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बुधवार दिउँसो दाङको घोराही हुँदै रोल्पाको होलेरीतर्फ जाँदै गरेको सो बसको सिटमा उनी मृत भेटिएका हुन्। मृत्यु कतिबेला भयो भन्ने विषयमा यकिन नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

इलाका प्रहरी कार्यालय होलेरीका वरिष्ठ प्रहरी नायव निरीक्षक ताराबहादुर छारीका अनुसार लालबहादुर बिहान घोराहीबाट बस चढेर होलेरीतर्फ लागेका थिए। उनी ७ र ८ नम्बर सिटमा एक्लै बसेका थिए। पछाडिका सिटहरू प्रायः खाली भएकाले उनको अवस्थाबारे अरूले ध्यान नदिएको जनाइएको छ।

केरा खाँदै थिए, सिटमुनि मृत भेटिए

बसका कर्मचारीका अनुसार बस दिउँसो १२ बजेतिर होलेरी पुगेको थियो। त्यसअघि अन्य यात्रुसँगै लालबहादुर पनि खाजा खान झरेका थिए र उनले केरा किनेर खाएका थिए । बसभित्र उनको सिटमा तीन-चारवटा केराका बोक्रा भेटिएको र मुखमा पनि केराका अंश देखिएको प्रहरीले जनाएको छ।

खाजा खाएर फर्किएपछि अरू यात्रु सिटमा बसे पनि लालबहादुर भने सिटमुनि कोलियातिर लम्पसार परेको अवस्थामा थिए। सहचालकले उनलाई उठाउन खोज्दा कुनै प्रतिक्रिया नदिएपछि मृत्यु भइसकेको थाहा पाइएछि मात्रै प्रहरीलाई खबर गरिएको जनाएका छन् ।

उनलाई मद्यसेवन र औषधि सेवनको आशंका गरिएको छ । प्रहरीका अनुसार मृतकको झोलाबाट जन्डिसका औषधिहरू फेला परेका छन्। त्यस्तै, यात्राका क्रममा केहीबेर उनीसँगै बसेका एक युवकले लालबहादुरले मदिरा सेवन गरेको प्रहरीसमक्ष बताएका छन्। ती युवक केही समयपछि अर्को सिटमा सरेका थिए।

लालबहादुर काठमाडौंस्थित इँटाभट्टामा काम गर्थे। मङ्गलवार बेलुकी उनी चिनजानकै चालकको बस चढेर घर फर्किएका थिए। काठमाडौंबाट सिधै जुँगार जाने बस नभएकोले उनी घोराही झरेर गाडी फेरेका थिए । उनी सवार बस रोल्पाको जुगाँर जाने क्रममा होलेरीमै रोकिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका श्रीमती र आफन्तहरू खबर पाएपछि होलेरी पुगेका छन्। पोस्टमार्टम तथा विस्तृत परीक्षणपछि मात्रै मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।
नेपालप्रेसबाट

  • ९ जेष्ठ २०८२, बिहीबार ११:५९ प्रकाशित
  • Nabintech