६ जेठ, काेहलपुर । बाँकेकाे काेहलपुरमा पहिलाे पटक रात्रिकालिन क्रिकेट प्रतियोगिता संचालन हुने भएकाे छ ।कोहलपुर नगर खेलकुद विकास समितिको आयाेजना तथा काेहलपुर नगरपालिकाकाे संयाेजनमा प्रथम रात्रिकालिन क्रिकेट प्रतियोगिता हुन लागेकाे हाे ।
खेलकुद र पर्यटन प्रवर्द्धनसहित नगरलाई पश्चिम नेपालको नमुना नगरपालिका बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयाेजक कोहलपुर नगर खेलकुद विकास समितिले जनाएकाे छ । कोहलपुर खुला मञ्च परिसरमा यहि जेठ ९ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रत्येक दिन बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म खेल हुनेछन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२-१२ ओभरको खेल हुने यस प्रतियोगितामा दैनिक तीनवटा खेल सञ्चालन गरिने बताईएकाे छ । प्रत्येक टिममा १४ जना खेलाडी रहने व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिता खुला प्रकारको भएकाले सबै उमेर समूहका खेलाडीहरूले सहभागी जनाउन सक्ने कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार प्रतियोगिताकाे विजेता टिमलाई एक लाख पचास हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेताले ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यसैगरी प्लेयर अफ द टूर्नामेन्टले बीबी साइकलसहित ट्रफी र मेडल प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट ब्याटर, बलर र फिल्डरलाई पनि ट्रफी र मेडल प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
प्रतियोगिता संयाेजक बिनायक गिरीले प्रतियोगिताको पूर्वतयारी र व्यवस्थापन पक्षबारे जानकारी दिँदै सहभागी टिमहरूलाई आवश्यक समन्वय मिलाउने काम भईरहेको बताए । खेल सुरु हुनुअघि नै सबै टिम र खेलाडीहरूको विवरण संकलन, दर्ता प्रक्रिया, खेल तालिका तथा मैदान व्यवस्थापनलगायत तयारी भैरहेको गिरीले बताए । हालसम्म २० वटा टिम दर्ता भैसकेको जानकारी दिदै गिरीले प्रतियोगितामा बढिमा ३२ टिमको सहभागिता रहने बताए ।
७ जेष्ठ २०८२, मंगलवार २२:४५ प्रकाशित