१२ कक्षाको परीक्षा सक्काएलगत्तै बेलायत उड्दै कप्तान रोहीत
  • काँचुली खबर

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ को परीक्षा सकाएका छन् । सोही परीक्षाका कारण उनी अस्ति नेपाली टिमसँग बेलायत जान पाएका थिएनन् ।

२२ वर्षिय रोहितले आफ्नो गृहनगर नवलपरासीको बर्दघाटबाटै १२ कक्षाको परीक्षा दिएका हुन् । यसअघि क्रिकेटका कारणले उनको पढाइ नियमित हुन सकिरहेको थिएन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसपाली १२ को परीक्षाअघि नेपालको अन्तर्राष्ट्रिय म्याचहरु नभएकाले उनलाई परीक्षा दिन समय मिलेको थियो । रोहित भोलि नै लिग २ को भ्रमण सिलसिलामा बेलायत प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

रोहित यतिबेला अर्को एउटा प्रसंगले पनि चर्चामा छन् । त्यो हो, उनले सुरु गरेको नयाँ व्यवसाय । रोहितले काठमाडौंको बुद्धनगरमा ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ।

गत १७ वैशाखमा उक्त क्याफेको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा थुप्रै क्रिकेट खेलाडीहरु उपस्थित थिए । रोहितकी आमा पाल्जेनले क्याफे सपको उद्घाटन गरेकी थिइन् ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने नेपालका कान्छा खेलाडी हुन् । सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानी गर्ने उनी विश्वकै दोस्रो कान्छा खेलाडी हुन् । सन् २०२२ को नोभेम्बर १४ मा कप्तानको रूपमा पहिलो पटक यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा उनको उमेर २० वर्ष ७३ दिन थियो ।

सबैभन्दा कम उमेरमा कप्तान बन्ने रेकर्ड अफगानिस्तानका रासिद खानको नाममा छ । कप्तानको रूपमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनको उमेर केवल १९ वर्ष १६५ दिन थियो ।

  • ३ जेष्ठ २०८२, शुक्रबार १६:१५ प्रकाशित
  • Nabintech