नियमित रक्तदाता समूहमार्फत १५ प्वाईन्ट रगत संकलन
  • काँचुली खबर

१ जेठ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सृजनात्मक गतिविधि मार्फत जनतासँग जोडिने प्रयन्त गर्दै आएको छ । नयाँ नेतृत्व चयन भएदेखी नै विभिन्न गतिविधि संचालन गर्दै आईरहेको नगर पार्टीले संगठन विस्तारसँगै रचनात्मक तथा सृजनात्मक गतिविधिमा समेत जोड दिईरहेको छ ।

यसैबिच नगर पार्टीले आज (जेठ १ गते) देखी “नियमित रक्तदाता समूह” मार्फत रक्तदान अभियान संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर अन्तरगतको “नियमित रक्तदाता समूह” ले आज रक्तसञ्चार इकाई कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरी अभियानको शुभारम्भ गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नियमित रक्तदान गर्ने रक्तदाताहरुको समुहले हरेक तिन-तिन महिनामा रक्तदान गर्ने गरी अभियान संचालन गरीएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए । अभियान अन्तर्गत पहिलो चरणमा १५ जना रक्तदाताहरुले रक्तदान गरेका छन । समुहमा धेरै भन्दा धेरै रक्तदाताहरुलाई समेट्ने लक्ष्य राखिएको खड्काले बताए ।

रक्तदान कर्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, प्रदेश सल्लाहकार शेषकान्त शर्मा, प्रदेश सदस्य अशोक प्रसाद पोखरेल, पार्टी जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), नगर अध्यक्ष बल बहादुर खड्का, सचिव निरक शाही लगाएतले रक्तदान गरेका थिए ।

  • २ जेष्ठ २०८२, बिहीबार १२:२२ प्रकाशित
  • Nabintech