३१ बैशाख, काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतका काठमाडौँ न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले आज उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सांसद राई उक्त सहकारीको तत्कालीन सहसचिव भएयता करिब सात सय बचतकर्ताको सवा एक अर्बभन्दा बढी रकम अपचलन भएको दाबीसहित मुद्दा चलाइएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय गत वर्ष पुषमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन दर्जनविरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यतिबेला उन्मुक्ति पाएकी राईविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो ३७ लाख ३५ हजार विगो मागवादी गर्दै पूरक अभियोजन दर्ता गरेको हो ।
१ जेष्ठ २०८२, बुधबार १८:१४ प्रकाशित