२६ बैशाख, काठमाडौं । दाङका ३८ वर्षीय समीर थापा ९नाम परिर्वतन० सानै उमेरदेखि घरजग्गा कारोबारमा थिए । २०७० देखि २०७५ सम्म देशभर घरजग्गा कारोबार ह्वात्तै बढ्यो, उसैगरी समीरको कमाउने यात्रा तीव्र भयो । अर्थात्, हरेक ठाउँका घरजग्गामा नाफामात्रै हुन्थ्यो । आफ्नो व्यावसायिक यात्रा कुनै दिन रोकिएला वा तहसनहस होला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।
तर, पछिल्लो समय समीरको व्यावसायिक उडानमात्रै होइन, जीवनकै यात्रा रोकिने अवस्थामा पुग्यो । उनले पटकपटक आत्महत्याको प्रयास गरे, कैयौँ रात रोएरै बिताए । उनी के कामले काठमाडौं-दाङ हिँडिरेको छु भन्नेसमेत पत्तो नहुने गरी ओहोरदोहोर गरिरहे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पछिल्लो चार वर्ष समीरका लागि बाँचिएको जीवनको सबैभन्दा पीडादायक क्षण बनेको छ । उनको पीडा घरजग्गा कारोबार डुबेर भएको होइन । एक युवतीको ‘हनी ट्र्याप’मा परेर समीरको जीवन तहसनहसको डिलमा पुगेको हो ।
समीर रमाइलो गर्न ०७८ पुसमा बालाजुको एक दोहोरी साँझमा जाँदा ती युवती भेटिएकी हुन् । दोहोरीमा पुगेका समीरलाई रमाइलो गर्न दुईचार हजार खर्च गर्न सोच्नुपर्ने अवस्था पनि थिएन । दोहोरी पुग्दा समीरसित एकजना साथी पनि थिए, दुवैले मदिरा खाए । दुवै होदोरी गीतमै नाच्न-गाउन थाले ।
दोहोरीमा काम गर्ने युवतीहरूले समीरका गतिविधि नियालिरहेका थिए । तिनको अस्वाभाविक खर्च गराइले युवतीहरू लोभिँदै गए, उनीहरू बसेको टेबुलमै झुम्मिन थाले । समीरले पनि आफ्ना टेबुलमा पुगेका युवतीले जे खान खोज्यो, त्यही खुवाइदिए । रमाइलो गरे ।
त्यो दिन आफ्नै टेबुलमा आएका युवतीले समीरको मोबाइल नम्बर पनि मागेका थिए । उनले कुनै संकोच नमानी नम्बर दिए, केहीको नम्बर समीरले पनि सेभ गरे । त्यहीमध्येकी एक थिइन्, गोरखाकी ३३ वर्षीया तारा गुरुङ । समीर त्यो दिन करिब १२ बजे घर फर्किए । दोस्रो दिन साँझ ८ नबझ्दै ताराको फोन आयो ।
समीरले ुहेलोु भन्न नपाउँदै उताबाट जवाफ आयो, ‘‘हेलो सर, चिन्नुभयो रु हिजो दोहोरीमा भेट भएको थियो नि । आज पनि आउनु ल रमाइलो गरौँला ।’’
दोहोरी साँझमा खर्च गर्न कुनै गाह्रो नभएका समीर ताराको फोन आएपछि केही नसोची दोस्रो दिन पनि गए । पहिलो दिनझैँ रमाइलो गरे, हजारौँ खर्च गरे । उस्तै टिप्स पनि दिए । समीरको खर्च गराइले तारा लोभिँदै गइन् ।
त्यसपछिका हरेक साँझ तारा समीरलाई फोन गरेर दोहोरीमै बोलाउन थालिन्, उता समीर पनि उनको मायामा लोभिन थाले ।
लगातारका दोहोरी भेटपछि समीर र ताराको भेट बाहिर पनि हुन थाल्यो । घुम्न थाले, प्रेम साटासाट गर्न थाले । विवाहित समीरलाई लागेको थियो– सम्बन्ध हो, दुवैलाई हानि नहुने गरी सधैँ यसैगरी अघि बढोस् । ताराका लागि उपहार किनिदिन थाले ।
जब ‘हनी ट्र्याप’मा परेको चाल पाए…..
सबन्ध जोडिएको एक वर्ष नपुग्दै समीरमाथि तारा हाबी हुँदै गइन् । कहिले सुनका चुरा त कहिले सुनका हार चाहियो भन्दै समीरलाई धम्काउन थालिन् ।
उनले अनावश्यक माग गर्न थालेपछि विस्तारै समीर टाढिन खोजे । तर, फोन नउठाउँदा म्यासेजबाट धम्की दिन थालिन् । आफूले मागे जति रकम नदिए बलात्कार मुद्दामा फसाइदिने धम्की दिन थालिन् ।
बलात्कार मुद्दाको धम्कीसँगै समीरको होस हवास उड्यो, तारालाई फकाउन थाले । प्रहरीमा उजुरी नदिन अनुनय गर्न थाले, पैसा दिन तयार भए । समीरलाई इज्जतको डर थियो । ताराले भने जति रकम दिँदै गए ।
ताराको मागअनुरूप ताराकै परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति गरे । तर, ताराको धम्कीको क्रम रोकिएन । ताराले पटकपटक बलात्कारको उजुरी दिने धम्की दिँदै समीरसित रकम मागिरहिन् ।
त्यही तनावले समीरको व्यवसायमात्रै डुबेन, जीवन बाँच्नु र मर्नुको दोसाँधमा पुर्यायो । कैयौँपटक ताराले भौतिकरूपमै पनि समीरमाथि आक्रमण गरिन् । समीर काठमाडौं र दाङ छाडेर दिल्ली भागे ।
तर, सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत समीरको फोटो राखेर चरित्रहत्या गर्ने शृंखला चलिरह्यो ।
….अनि प्रहरीमा पुगे समीर
पटक-पटक गरेर तारालाई ९२ लाख रुपैयाँ दिए, तर बलात्कारको उजुरी दिने धम्की नरोकिएपछि समीरले आफू ‘हनी ट्र्यापमा’मा परेको चाल पाए । बाध्य भएर प्रहरीमा पुगे । समीर गत हप्तामात्र आफू जिल्ला प्रहरी परिसर ललितपुर पुगेका हुन् । धापाखेल बस्ने समीरले दिएको उजुरीका आधारमा ललितपुर प्रहरीले तारालाई पक्राउ गरिसकेको छ ।
उनीमाथि प्रहरीले आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुरमा अनुसन्धान थालेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट ताराले अन्य युवालाई समेत समीरलाई जस्तै ट्र्यापमा पारेर रकम असुली गरेको हुन सक्ने आशंका गरेको छ ।
समीरबाट ताराले ४९ लाख रुपैयाँ नगद र बाँकी सुनका गरगहना, तीनवटा आइफोन लिएको खुलेको छ । समीरले उनलाई बैंकमार्फत रकम दिएको खुलेको छ ।
ललितपुर प्रहरीका एसपी चक्रराज जोशीका अनुसार, आपराधिक विश्वासघात कसुरमा जिल्ला अदालत ललितपुरबाट म्याद लिएर तारामाथि अनुसन्धान भइरहेको छ । ललितपुर प्रहरीले उनीविरुद्ध दोस्रोपटक बिहीबार म्याद थप गरेको हो ।
अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए एक वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
बाह्रखरीबाट
२६ बैशाख २०८२, शुक्रबार १८:४० प्रकाशित