नेपाल आउँदै थिए, रुपैडिहामै अस्ताए
  • काँचुली खबर

२६ बैशाख, नेपालगन्ज । भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

बिहारबाट रुपैडिहाका लागि हिडेका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । डीएसपी पातलीले उनको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको रुपैडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकका आफन्त प्रहरीको सम्पर्कमा आइसकेकाले आफन्तलाई आईसकेपछि पन्तको शव हस्तान्तरण गरीने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले बताए ।

  • २६ बैशाख २०८२, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech