आफुलाई महिलाको रुपमा मात्र नहेर्न डिएस्पी खनालको आग्रह
  • काँचुली खबर

२४ बैशाख, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक (डिएस्पी) लक्ष्मी खनालले आफुलाई महिलाका रुपमा मात्र नबुझ्न आग्रह गरेकी छन । बुधबार बाँकेका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डिएस्पी खनालले कार्यालय प्रमुख महिला आयो या पुरुष भन्ने कुराले खासै महत्व नराख्ने बताएकी हुन । नेपाल प्रहरीको सिस्टमबाट आफु कोहलपुर आएको प्रष्ट पार्दै डिएस्पी खनालले भनिन्, “नेपाल प्रहरीको एउटा सिस्टम छ, हामी सबै सिस्टमले चल्ने हो ।”

खनालले आफु कोहलपुरमा नयाँ भएपनि विगतका रिर्पोटहरु अध्ययन गरिरहेको उल्लेख गर्दै पत्रकारहरुसँग हातेमालो गर्दै समाज परिवर्तन र कानुन परिपालना गर्न गराउन दत्तचित्त भएर लागिपर्नेमा विश्वस्त हुन सञ्चारकर्मिहरुलाई अपिल समेत गरिन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरी समाचार कक्ष नक्शालबाट सरुवा भई एक हप्ता अघि मात्र कोहलपुर आएकी डिएस्पी खनाललाई नागरिकमैत्रि बन्न कोहलपुरमा उपलब्ध पत्रकारहरुले आग्रह गरेका छन । उनीहरुले कार्यालय प्रमुख खनाललाई सुचना सहज पहुँचको वातावरण निर्माणकालागी समन्वय गर्न समेत सुझाव दिएका छन ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले संचारकर्मीले राम्रो कार्यको प्रशंसा र नराम्रो कार्यको खबरदारी गर्नुपर्ने बताए । खवरदारीमा भने आफुहरु नचुक्ने उल्लेख गर्दै गिरीले भने, “हामी राम्रो कार्यको प्रशंसा गर्छौ तर अति प्रंशसा गर्दैनौ र नराम्रो कार्यको निन्दा गर्छौ तर अति निन्दा पनि गर्दैनौ ।”

उनले प्रशासकहरुमा दम्भ भयो भने अर्को समस्या निम्तिने विचार राख्दै सवैलाई अपनत्वको भाव जागृत हुनेगरि जनमैत्रि, सञ्चारमैत्रि प्रहरी संगठन आजको आवश्यकता भएको औंल्याए ।

सो अबसरमा सञ्चारकर्मीहरुले प्रहरी प्रमुख आउँदा परिचयात्मक कार्यक्रम हुने गरेको तर विदाई भएर जाँदा कार्यकालको समिक्षा सम्म पनि नहुने गरेको उल्लेख गर्दै आउँदा दिनहरुमा प्रहरी प्रमुखले आफुले गरेका प्रगतिका फेहरिस्तसहित विदाई कार्यक्रममा पनि पत्रकार भेटघाट कार्यक्रम राख्नुपर्ने सुझाव दिएका थिए ।

कोहलपुर पश्चिम नेपालको केन्द्रविन्दु र धेरै पहाडी जिल्लाहरुको प्रबेशद्धार भएकाले यस क्षेत्रमा हुने लागु औषध कारोवार, सेवन तथा बेचविखन, ट्राफिक ब्यबस्थापन, बिभिन्न अपराधहरु हुने गरेको र आश्रयस्थलका रुपमा समेत कोहलपुरलाई लिने गरेकाले संवेदनशीत भएर प्रहरीले चुस्त सेवा प्रवाह गर्नुपर्ने उनिहरुको भनाई थियो ।

डीएस्पी खनालले पत्रकारहरुका सुझावहरु आत्मसाथ गर्दै आफुले कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन । आफु कोहलपुरमा नयाँ भएपनि विगतका रिर्पोटहरु अध्ययन गरिरहेको उल्लेख गर्दै खलालले पत्रकारहरुसँग हातेमालो गर्दै समाज परिवर्तन र कानुन परिपालना गर्न गराउन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता समेत जनाएकी छन ।

उनले लागु औषध, सडक दुर्घटना, साईवर क्राईम लगाएत अन्य जघन्य अपराध नियन्त्रणकालागि आफु मातहतको चैन अफ कमाण्डलाई चुस्त दुरुस्त र स्टेनबाई राखिने भन्दै ईलाका प्रहरीले दिन मिल्ने खालका सुचनाहरु दिन कुनै ढिलाई नगरिने बताईन । कार्याल प्रमुख खनालले कतिपय सुचनाहरु अनुसन्धानकै घेरामा रहेको अवस्थामा संवेदनशिलतालाई मध्यनजर गर्दै ढिला उपलब्ध हुनसक्ने तर्फ ईगित गर्दै सुचना सम्प्रेशन गर्न संवेदनशिलतालाई समेत महत्वकासाथ लिनुपर्नेमा जोड दिईन ।

अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु, विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक हरि भट्टराईले गरेका थिए ।

  • २४ बैशाख २०८२, बुधबार १२:०५ प्रकाशित
  • Nabintech