२३ बैशाख, नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् ।
क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरियो ।
ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले स्थानीय युवतिहरुले व्यवसायिक तालिमबाट सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै त्यसबाट व्यवसाय शुरु गरेर आफ्नो आर्थिक अवस्था बलियो पार्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
सो कार्यक्रममा ठाकुरबाबाका उपमेयर बिना कुमारी भट्टराईले यस्ता तालिमले आर्थिक विकासमा ठुलो सहयोग गर्ने जनाउँदै तालिमको उपयोग गर्न सबैलाई आग्रह गरीन ।
सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाइ र कृषि शाखाका विरेन्द्र रावतले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिमका सहभागिको तर्फबाट बोल्दै अरुणा थारु र अनिता थारुले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायमा पसरवर्तन गर्ने अठोट लिएका छन ।
सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गरे । उनले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रमेश चौधरी, वडा नम्बर ६ का अध्यक्ष असराज न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष राज किरण चौधरी र वडा नम्बर ५ का वडा सदस्य थानदार चौधरीले पनि तालिमबाट सिकेको ज्ञानलाई आयआर्जनको माध्यम बनाउन अनुरोध गरे । सो अवसरमा तालिमका सहभागि मध्ये राम कुमारी चौधरी र सुभेक्षा चौधरीले बोल्दै तालिमलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए ।
दुबै समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहेका थिए ।
तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।
२३ बैशाख २०८२, मंगलवार १५:४१ प्रकाशित