मधुवन ८ बाल विवाहमुक्त वडा घोषणा
  • काँचुली खबर

२१ बैशाख, नेपालगन्ज । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गरेका छन । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर ८ का वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गरेका छन ।

कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिने प्रावधान अनुरूप वडा नम्बर आठमा गरिएको सर्वेक्षणमा १४ प्रतिशत मात्र बालविवाह भेटिएकोले सो वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

साथै, बाल संरक्षण नीति कार्यान्वयन, बाल अधिकार संरक्षण समिति गठन, विद्यालय र वडास्तरमा अभियान सञ्चालनलगायतका मापदण्ड पूरा भएकाले सो घोषणा सम्भव भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैरसरकारी संस्थाहरू विगत तीन वर्षदेखि बाल विवाहमुक्त अभियानमा सक्रिय रहेका छन् ।

यसअघि मधुवनको वडा नम्बर चार, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका केही वडाहरू बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

आगामी योजना अनुसार मधुवन वडा नम्बर तीन तथा बढैयाताल वडा नम्बर नौ लाई पनि बालविवाह मुक्त बनाउने तयारी भइरहेको बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताए ।

वडा बाल विवाहमुक्त घोषणा कार्यक्रममा मधुवनका नगरप्रमुख तेज बहादुर भाट, उपप्रमुख अनिता चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रा चुनारा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी, सामुदायिक वन समूह, किशोरी समूह, युवा क्लबलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न नाटक, कविता, सांस्कृतिक प्रस्तुति तथा भजन कीर्तन मार्फत ‘विवाह २० पारी’ भन्ने सन्देश फैलाईएको थियो ।

  • २१ बैशाख २०८२, आईतवार १४:१७ प्रकाशित
  • Nabintech