दाङमा गुरु माथी खुँडा प्रहार, विद्यार्थी पक्राउ
  • काँचुली खबर

२१ वैशाख, काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् ।

शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ ।

घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ ।

खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

  • २१ बैशाख २०८२, आईतवार १३:३३ प्रकाशित
  • Nabintech