१२औं स्थापना दिवस : निरन्तरता कि समिक्षा ?
  • काँचुली खबर

कोहलपुर नगरपालिका भौगोलिक रुपमा नेपालका प्रमुख राजमार्गहरूको संगमस्थलमा अवस्थित गतिशील बिकासको संभावना बोकेको शहर हो । यस नगरले आर्थिक सामाजिक रुपान्तरणका क्षेत्रमा अनेकौं अस्थिरता र अभावको बिचमा विशेष गरि शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र व्यवसायको क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । बहुजातीय,बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक विविधता सहितको कोहलपुरले विकासको बहुआयामिक आधार तयार गरिसकेको छ । यद्यपि, नगरको १२औ वार्षिक स्थापना दिवस सम्मका कार्यक्रमहरू अझै पनि औपचारिक भाषण, झाँकी र सम्मान कार्यक्रममा सीमित हुँदै आएको यथार्थलाई नकार्न पनि सकिन्न । कोहलपुर नगरले अब समयको आवश्यकता जनताको चाहना आत्मसात गर्दै दीर्घकालीन रणनीतिक योजनाको समिक्षात्मक मुल्यांकन गर्न जरुरी छ । यो दिवसलाई परम्पराको दोहोराइ होइन, नवप्रवर्तन र परिवर्तनको माध्यम बनाउने तर्फ अग्रसर हुन जरुरी छ ।

कोहलपुरको स्थानीयता, ऐतिहासिक पृष्ठभूमि र भौगोलिक महत्वले यस नगरलाई व्यापारिक, शैक्षिक, पर्यटकिय र यातायातिक केन्द्रको रूपमा स्थापित गरेको छ । थारु, मधेसी, पहाडी, मुस्लिम एवं अल्पसंख्यक सबै समुदायहरूको सहभागिता र सहअस्तित्वले यसलाई एक समावेशी समाजको प्रतिनिधित्वको नगर बनाएको छ । तर आधुनिक बिकास, रुपान्तरण र समृद्धिको यात्रामा जातीय, भाषिक, सांस्कृतिक विविधता मात्र पर्याप्त छैन-समावेशीताको अनुभूति गराउने नीति र कार्यक्रमहरु आवश्यक छन । आसन्न स्थापना दिवस बिगतका कमजोरीको मुल्यांकन र समुन्नत भविष्यको दिशामा केन्द्रित हुँदै समीक्षा, सहभागिता र उत्तरदायित्व सुनिश्चित गर्दै भविष्यदृष्टि तय गर्ने थलोको रूपमा प्रयोग गर्न जरुरी छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर नगरपालिका, नेपालको सम्भावनाको शहर पनि हो, जसले शिक्षा, स्वास्थ्य, पूर्वाधार र व्यवसायमा केही प्रगति हासिल गरेको छ । यद्यपि ती उपलब्धिहरूलाई दिगो र जनपक्षीय बनाउन आजको सन्दर्भमा नगरले केही पक्षहरुमा विशेष ध्यान केन्द्रित गर्नु अत्यावश्यक छ ।

उत्तरदायित्व र पारदर्शिता सुनिश्चितता :

स्थानीय शासनमा उत्तरदायित्व र पारदर्शिता नहुन्जेल जनताको विश्वास प्राप्त गर्न सकिँदैन । नगरपालिकाले बजेट निर्माणदेखि कार्यान्वयन, सेवा प्रवाहदेखि सार्वजनिक सुनुवाईसम्मका सबै प्रक्रियालाई डिजिटल प्लेटफर्ममार्फत खुला गर्नुपर्छ । हरेक निर्णय, खर्च, योजना र नतिजा सार्वजनिक पोर्टलमा सहज ढंगले उपलब्ध गराइनु नै जनताप्रति उत्तरदायी शासनको आधार हो ।

नागरिक सहभागिता र योजना विकास:

विकासका योजना जनताको आवश्यकताबाट तय हुनुपर्छ । वडास्तरमा जनसुनुवाई, सुझाव संकलन, प्राथमिकता निर्धारणजस्ता प्रक्रियाहरू नियमित रूपमा सञ्चालन गरिनु पर्दछ । ‘नीति जनताबाट, कार्यान्वयन नगरबाट’ भन्ने सिद्धान्तमा आधारित सामुदायिक योजना निर्माणको अभ्यासले विकासमा सहभागिता बढाउँछ । यसले केवल योजना प्रभावकारी बनाउने मात्र नभई, जनतामा अपनत्वको भावना पनि पैदा गर्छ ।

नवप्रवर्तन र युवा संलग्नता:

स्थापना दिवसजस्ता अवसरलाई केवल औपचारिकता होइन, नवप्रवर्तन र दीर्घकालीन सोचको आधार बनाउनुपर्छ । ‘कोहलपुर पञ्चवर्षीय लक्ष्य ’ जस्ता दूरदर्शी नीतिगत दस्तावेज मार्फत युवालाई नेतृत्वको अवसर दिइनुपर्छ । स्टार्टअप, कृषि प्रविधि, लघु उद्यम र घरेलु उद्योगमा युवाको संलग्नता प्रोत्साहित गर्दै तालिम, लगानी र सहजीकरणको व्यवस्था गर्न आवश्यक छ ।

आर्थिक सम्भावनाको दोहन र रोजगारी सिर्जना:

कोहलपुरलाई ‘मिनी हब’को रूपमा विकास गर्न यातायात, होटल व्यवसाय, कृषि बजार तथा धार्मिक पर्यटन क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्छ । यसले स्थानीय उत्पादनको मूल्यवृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको मार्ग तय गर्न मद्दत गर्दछ । गाउँसँग शहर जोड्ने पूर्वाधार तथा बजार सञ्जालले उत्पादनलाई सहजता दिन्छ ।

कार्यक्रम र अभ्यासको नविन संरचना:

‘जनतासँग सरकार’ खुला मञ्च, ‘पारदर्शिता गोष्ठी’, ‘सेवा पुरस्कार’, ‘स्थानीय उत्पादन मेला’ र ‘सांस्कृतिक साँझ’जस्ता कार्यक्रमहरूले नगरको विविधता र उत्तरदायित्वको अभ्यासलाई मूर्त रूप दिन सक्छन । यस्ता संरचनाले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्दछ ।

आजको कोहलपुरले केवल अतीतको स्मरण मात्र होइन, भविष्यको स्पष्ट कार्यदिशा तय गर्नुपर्ने आवश्यकता महसुस गर्न थालेको छ । समावेशी विकास, नवप्रवर्तन, पारदर्शिता, नागरिक सहभागिता र आर्थिक आत्मनिर्भरता नै दिगो नगर निर्माणको आधार हुन । अब नेतृत्वले नयाँ सोच, इमानदारी र निष्पक्षता अपनाउँदै कोहलपुरलाई “जनपक्षीय समृद्धिको अनुकरणीय नमूना” बनाउने दिशामा प्रष्ट कार्यनीति तय गर्नुपर्छ । यही आजको कोहलपुरको समृद्धिको आवश्यकता, अपेक्षा र सन्देश पनि हो ।

  • २१ बैशाख २०८२, आईतवार ११:४१ प्रकाशित
  • Nabintech