प्रहरी परिचालन गरेर ‘कोहलपुर-सुर्खेत ‎प्रसारण लाइन’को काम गरीदैं
  • काँचुली खबर

२० बैशाख, कोहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ । ‎स्थानीयको अवरोधका कारण जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा विलम्ब भएको थियो । ‎

स्थानीयले प्राधिकरणका कर्मचारीलाई गाउँ प्रवेशमा नै निषेध गर्दै आएका थिए । १३२ केभी विद्युत् प्रसारण लाइन सुर्खेत-दैलेख हेर्ने प्राधिकरणका कर्मचारी मिलन सुवेदीका अनुसार पटक पटक छलफल गर्दा पनि स्थानीय सहमतिमा नआएपछि प्रहरीको सुरक्षा घेरामै काम सुरु गर्नुपरेकाले हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त ठाउँ वरपर करिब २ सय रुख कटान गर्नुपर्ने उनले बताए । ‎यसअघि स्थानीय विकल्प खोज्नुपर्ने भन्दै अदालत पनि गएका थिए । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरिदिएको थियो । तर पनि स्थानीयको अवरोध कायमै रहेको थियो ।

बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण गर्नुपर्ने छ। तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ । केही व्यक्तिको घरलाई समेत असर पार्ने देखिन्छ । प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्ठासम्मको जमिन छ भने प्रसारण लाइन विस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने हुँदा स्थानीयले अवरोध गरेका थिए ।

उक्त ठाउँमा विवाद हुँदा नै आयोजना निर्माणमा ढिलाइ भएको छ। यो आयोजनाको तेस्रो पटक थपेको म्याद गत पुसमा सकिएको छ । असार सम्मका लागि चौथो पटक म्याद थप गरिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए।

‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो ।

यद्यपि कम्पनीले विभिन्न कारण देखाउँदै ०७७ भदौपछि मात्रै काम थालनी गर्‍यो । ०७९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न ठाउँमा भइरहेको अवरोध, सरकारी प्रक्रियामा ढिलासुस्ती, कोरोना महामारी (कोभिड-१९) का कारण ढिलाइ भएको आयोजना प्रमुख चौधरीले बताए । ‎०४६ सालदेखिकै योजना भए पनि काम भने ०७७ सालपछि मात्रै सुरु भयो ।

‎०६७ सालदेखि डीपीआर र वातावरणीय अध्ययनको काम अगाडि बढाइएको थियो । एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनामा अहिले भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।

  • २० बैशाख २०८२, शनिबार १६:१२ प्रकाशित
  • Nabintech