२० बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि वैशाख २१ गतेदेखि २५ गतेसम्म आफ्नो १२औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसकाे अवसरमा नगरपालिकाले विभिन्न कार्यक्रम आयाेजना गर्ने भएकाे छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मार्फत स्थापना दिवसमा गरिने गतिविधिका बारेमा जानकारी दिएकाे छ । नगरपालिकाले स्थानीय कला संस्कृतिको उत्थान, निजी क्षेत्रसँगको साझेदारी र क्रियाशील व्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवसलाई उत्सवकै रुपमा मनाउन लागेको १२औं स्थापना दिवस सचिवालय उपसमिति संयोजक विरेन्द्र कुमार शाहले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थापना दिवसलाई भव्य र सभ्य बनाउनका लागि नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति, वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा सचिवालय उपसमिति, वडा अध्यक्ष लाल बहादुर रानाको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडा अध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडा अध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाई उपसमितिमार्फत तयारी तीव्र पारिएको जानकारी दिइएको छ ।
स्थापना दिवसलाई भव्यता दिन वैशाख २१ गतेदेखि वैशाख २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको शाहले जानकारी दिए । पञ्चेबाजा, टप्पा, थारु, गन्धर्व, मयुर, खाँडो र ख्यालीसहितको स्थानीय मौलिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी, सामूहिक नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारबीच भलिवल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
यसैगरी उत्कृष्ट करदाता सम्मान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विद्यालय स्तरीय दौड, उत्कृष्ट खेलाडी सम्मान, विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिने बताइएको छ । स्थापना दिवसको दिन कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडस्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारिक कार्यक्रम आयोजना गरिने शाहले बताए । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथिको रुपमा रहनेछन् ।
मुख्य समारोहमा कोहलपुर नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिनेछ । संयोजक शाहले स्थापना दिवस २०८२ लाई भव्यरुपमा सफल बनाउन सबै पक्षसँग सहयोग, सहकार्य र साझेदारीको लागि आग्रह गरेका छन् ।
शाहका अनुसार वैशाख २१ गते नृत्य प्रतियोगिता, वैशाख २२ गते कर्मचारी र जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारवीच भलिवल प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, वैशाख २३ गते महिला कर्मचारी, शिक्षिका, संघसंस्था, संचारकर्मीवीच भलिबल प्रतियोगिता, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, वैशाख २४ गते रक्तदान कार्यक्रम, विद्यालय स्तरीय दौड प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर र वैशाख २५ गते मूल समारोहका वीच स्थापना दिवस मनाइने, विहान ६:३० बजे पिपल चौतारादेखि प्रभातफेरी कार्यक्रम गरिनेछ ।
२० बैशाख २०८२, शनिबार १०:०४ प्रकाशित