१९ बैशाख, काठमाडौं । नेकपा (माओवादि केन्द्र) बाँके-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा बिपना योगि चयन भएकी छन । बिहिबार काठमाडौं टाेखामा सम्पन्न समितिकाे चौथो भेलाले याेगिकाे अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेकाे हाे । समितिकाे सचिवकाे जिम्मेवारी पुर्ण केसिलाई दिईएकाे छ ।
बाँकेबाट आएर काठमाडौंलाई कार्यक्षेत्र बनाएर बसिरहेकाहरूलाई संगठित गर्ने उदेश्यले गठन गरिएकाे बाँके-काठमाडौ सम्पर्क समन्वय समितिले साे अबसरमा बनभाेज तथा साँस्कृतिक कार्यक्रम समेत आयाेजना गरेकाे थियाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँके-काठमाडौ सम्पर्क समन्वय समिति प्रदेश ईन्चार्ज तथा माओवादि केन्द्र स्थायी समिति सदस्य यसोदा सुबेदिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक), समितिकाे केन्द्रीय सदस्य गिता गहतराज, बाँके जिल्ला इन्चार्ज तेज प्रसाद रेग्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका विभिन्न तहका नेताहरूलाई स्वागतसँगै सम्मान समेत गरीएकाे थियाे । त्यसैगरी विभिन्न जनकलाकारहरूले साँस्कृतिक प्रस्तुति मार्फत सहभागीहरूलाई मनाेरञ्जन प्रदान गरेका थिए ।
१९ बैशाख २०८२, शुक्रबार ०७:५८ प्रकाशित