१७ बैशाख, बर्दिया । पत्रकारहरूका लागि क्षमता विकास सम्बन्धि दुईदिने फिचर लेखन तालिम ठाकुरद्वारामा सुरू भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजना र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आर्थिक सहयोगमा दुईदिने तालिम बर्दियाकाे ठाकुरद्वारामा सुरू भएको हो ।
कार्यक्रमकाे नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासनले गमलामा जल चढाउँदै उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले पत्रकारहरू टुटफुट नभइ सबै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिले पत्रकारिता क्षेत्र व्यापक अफ्ठ्यारोेमा रहेको उनको भनाइ छ । बर्तमान जर्जर अवस्था रहेकाे पत्रकारिता क्षेत्र बलियाे बनाउन सबै लागिपर्नुपर्नेमा उनले जाेड दिए । दिनप्रतिदिन सञ्चार माध्यम बन्द हुनु र पत्रकारहरू विदेशीने गरेकाे भन्दै उनले चिन्ता व्यक्त गरे ।
पत्रकारिता क्षेत्रमा समस्या समाधनकाे लागि छलफल र बहस गर्न जरूरी रहेको उनले बताए । अहिले अफ्ठ्याराेमा परेको पत्रकारिता क्षेत्रलाई उकास्ने दायित्व पनि सरकारकाे रहेको उनले बताए ।
समाचार र फिचर लेख्न नसकेकै कारण कतिपय पत्रकारहरूले समस्या झेल्नुपर्ने अवस्था रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले बताए । पत्रकारिता क्षेत्रमा लेखन शैली अति महत्वपूर्ण कुरा रहेको उनले जानकारी दिए । निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्न जादा आएको सुझाव अनुसार बर्दियाबाट प्रदेशभर तालिम सुरू भएको उनले बताए ।
१२ वटै जिल्लामा आवश्यकता र मागकाे आधारमा फरक-फरक तालिम प्रदान गरिने उनले जानकारी दिए । फिचर लेखनका पनि विभिन्न तरिका रहेकाले लेख्न सके पत्रकारिता क्षेत्रमा टिक्न सहज हुने उनले बताए ।
पत्रकारहरू प्रति उठ्ने प्रश्नकाे उत्तर समाचार लेखेर दिनुपर्ने पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताए । पछिल्लो समय विभिन्न खालका विज्ञप्ति निस्कने गरेको बताउँदै उनले पत्रकारले आचारसंहितामा पनि पालाना गर्नुपर्ने कुरामा जाेड दिए ।
पत्रकारिता क्षेत्रमा लामाे समयसम्म टिक्न लेख्ने कलाकाे विकास गर्न जरुरी रहेको उनकाे भनाइ छ । दुईदिने तालिमले फिचर लेखनमा नयाँ आयम थप्ने विश्वास लिएको उनले जनाए ।
कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय कपि पेस्ट गर्न बानीकाे हाबि भएकोले त्यसलाई अन्त्य गरी आफैं लेख्न सक्ने हुनुपर्नेमा जाेड दिए । कतिखेर कसले अनलाइनमा हाल्ला र कपि पेस्ट गरौंला भनेर कुर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
सो अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे भित्तेपात्रो बिमोचन गरिएको थियोे । बर्दिया र बाँकेका ४५ जना पत्रकारहरू सहभागी रहेका छन् । प्रशिक्षकका रूपमा डा. सुदिप गौतम, टीका बस्नेत र शंखर खनाल रहेका छन् ।
१७ बैशाख २०८२, बुधबार २२:०० प्रकाशित