खेतमा गाडेकाे अवस्थामा बालककाे शव भेटियाे
  • काँचुली खबर

१६ बैशाख, काेहलपुर । काेहलपुरमा गाडिएकाे अवस्थामा एक बालककाे शव भेटिएकाे छ । एक हप्ता अघिदेखि हराईरहेको भनिएका बाँके बैजनाथ ४ का १० वर्षिय बालकको शव खेतमा गाडिएको अवस्थामा फेला परेको हाे ।

कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएको भन्दै आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् । हराएकाे ८ दिनपछि खेतमा गाडेको अवस्थामा बालकको शव फेला परेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाख्रा चराउन गएका व्यक्तिले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र बालकको टिसर्ट गाडेर राखिएकाे थियाे ।

प्रहरीका अनुसार कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले दोस्रो विवाह गरेकी थिईन । उनिहरू कोहलपुरमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि कुशलको आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

  • १६ बैशाख २०८२, मंगलवार १०:२७ प्रकाशित
  • Nabintech