माओवादीप्रति जनविश्वास बढ्दै गएकाे छ : अध्यक्ष प्रचण्ड
  • काँचुली खबर

१५ बैशाख, काेहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनविश्वास बढ्दै गएको बताएका छन ।

जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको फत्तेपुरमा आईतबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनदेखि पछिल्ला विभिन्न चुनावहरूमा नागरिकले देखाएको भरोसाले माओवादी पुरानै अवस्थामा फर्किने वातावरण बन्दै गएको जिकिर गरे । उनले २०८४ मा माओवादी एक्लै निर्वाचन लड्ने दोहोर्‍याउँदै आफ्नै तागतमा सरकार बनाएर जनपक्षीय काम गर्ने उद्घोष गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा माओवादीले देखाएको अग्रसरताले जनताको मन जितिरहेको दाबी गर्दै पार्टीका सबै तह र तप्कामा त्यही अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिए । उनले पार्टीलाई नयाँ उचाई दिन आफू बढ्दो उमेरमा समेत क्रियाशील बनेको भन्दै अब निरन्तर जनतासँगको साक्षात्कारमा रहन बताए ।

परिवर्तनका निम्ती जनयुद्धका बेला राप्ती सोनारी र नरैनापुरमा ७३ जनाले ज्यान गुमाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले बाँकेकाे राप्ती साेनारी क्षेत्रलाई तराईको आधार इलाकाको रुपमा बुझिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “तपाईँहरूको योगदान बिना यो परिवर्तन सम्भव थिएन ।”

झापाको सबै भन्दा होचो ठाउँबाट सुरु भएको जागरण अभियान बाँकेसम्म पुग्दा १ करोड नागरिकसँग संवाद गरेको प्रचण्डले बताए । जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको उल्लेख गर्दै प्रचण्डले भने, “जनताले असली पार्टी त माओवादी नै रहेछ भन्ने अनुभव गर्न थालेका छन्।”

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, “हामी राम्रो काम गर्दै थियौँ, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन । मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।”

अभियानले तराई मधेशमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै प्रचण्डले मधेशी, मुस्लिम, थारु र मगर समुदायको बीचमा गहिरो सम्बन्ध स्थापित हुने बताए ।

  • १५ बैशाख २०८२, सोमबार १०:३९ प्रकाशित
  • Nabintech