१३ बैशाख, कोहलपुर । नेकपा (माओवादि केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि बाँके आउने भएका छन ।
माओवादि केन्द्रले संचालन गरिरहेको तराई मधेस जागरण अभियान अन्तर्गत प्रचण्ड सहितका केन्द्रीय नेताहरू बाँके आउन लागेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
देशमा बढ्दो बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैशाख १४ गते राप्तीसोनारी ६ फत्तेपुरमा बृहत जनसभा आयोजना गर्न लागिएको नेकपा (माओवादी केन्द्र) बाँकेले जनाएको छ ।
जागरण अभियान अन्तर्गतको विशेष कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सहितका केन्द्रिय नेताहरु फत्तेपुर आउन लागेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेका संयोजक नरेन्द्रपाण्डे (जेम्स) ले जानकारी दिए ।

जनताको अधिकार, समानता र सुशासनका लागि लडिरहेका शक्तिहरूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको उक्त सभामा जिल्लावासीको उत्साहपूर्ण सहभागिता हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा हजारौंको संख्यामा सहभागी हुने अनुमान गरिएको छ भने सामाजिक न्याय, परिवर्तन र राजनीतिक सचेतनाका विषयमा व्यापक छलफल हुने बताइएको छ ।
१३ बैशाख २०८२, शनिबार १७:०० प्रकाशित