भेरी अस्पतालको फार्मेसीमा आगलागी
  • काँचुली खबर

१३ बैशाख, नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो । फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।

आगलागीबाट फार्मेसीमा रहेको औंषधी जलेका छन् । भौतिक र मानवीय क्षति भएको छैन । नेपालगन्ज उपमहानगरको दमकलले आगो नियन्त्रणमा लिएको छ । क्षतिको पूरा विवरण आइसकेको छैन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दमकल सशस्त्र प्रहरीको टोली तथा अस्पतालका कर्मचारीहरुको सहायतामा आगो नियन्त्रणमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

आज बिहान मेडिसिन स्टोर कक्ष र फार्मेसी तिरबाट आगोको मुस्लो निस्किएको थियो। शनिवार बिदाको दिन भएकाले आगलागी क्षेत्रमा बिरामी तथा कर्मचारीहरुको उपस्थिति थिएन ।

आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए ।

रिएजेन्ट, औषधी लगायतका सामानहरु जलेर नस्ट भएको उनले बताएका छन् ।

  • १३ बैशाख २०८२, शनिबार १३:४१ प्रकाशित
  • Nabintech