१० बैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न थालेका छन् ।
यहाँका किसानहरुले दुई सय ५० हेक्टर जमिनमा मकै रोपेका छन् । डुडुवा गाउँपालिका-६ भङ्घोटनाका जयपाल मौर्यले आलु खने लगत्तै बेमौसमी मकै लगाएको बताउँदै बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मौर्यका अनुसार एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ ।
‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन् । २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती सुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिए । उनले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने बताए ।
बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ । कम जग्गा भएकाहरू तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको बताउँदै मौर्यले भने, ‘हामी पनि पहिले तरकारी खेती गर्थ्यौँ । मकैबाट राम्रो फाइदा भएपछि तरकारी खेती छाड्यौँ ।’
मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोग समेत गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि भएको छ नै श्रम र लागतमा समेत कमी आएको छ ।
मकै नगदे बाली हो । समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको वेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा रहँदैन ।
मकै र तरकारीले हिरमिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्गे आम्दानी समेत गर्दै आएका छन् । थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण हिरमिनियाका किसानलाई खान, लाउन पुगेको छ । तरकारी र मकै खेतीका लागि सिचाईको उचित व्यवस्था नहुँदा किसानलाई समस्या भए पनि स्थानीयले आफ्नै लगानीमा डिप बोरिङ जडान गरेर सिचाई गर्दै आएको मौर्यले सुनाए ।
सिक्टा सिचाई आयोजनाको नाम सुन्ने गरे पनि कहिले आउने हो थाहा नभएको बताउँदै मौर्यले भने, ‘सिक्टाका लागि जमिन छुट्याई सकिएको छ सरकारले सिचाईको व्यवस्थामा गरिदिए खेतीका लागि सहज हुने थियो ।’
१० बैशाख २०८२, बुधबार १६:१३ प्रकाशित