परिवारसहित कश्मिर घुम्न गएका थिए, आतंकवादी हमलामा मारिए
  • काँचुली खबर

१० बैशाख, कोहलपुर । भारतको जम्मू कश्मिरस्थित पहलगाममा हिजो भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको पहिचान खुलेको छ । घटनास्थलमा भेटिएको सवारी लाइसेन्सको आधारमा मृतक बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।

हिजो आतंकवादी समूहले त्यहाँ २६ जना पर्यटकको हत्या गरेको थियो । तीमध्ये सुदीप पनि एक हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले न्यौपाने मारिएको पुष्टि गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनी परिवारका सदस्यहरुसँगै त्यहाँ घुम्न गएको बताइन्छ ।

सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनका काका तथा बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए ।

‘शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौं पुगिसकेको छु १२ बजे कश्मिरबाट उड्ने समय छ,’ उनले सुनाए ।

जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।

आतंकवादी समूहको रुपमा खासै चर्चामा नआएको ‘द रेसिस्टेन्ट फ्रन्ट’ समूहले घटनाको जिम्मेवारी लिएको छ ।

  • १० बैशाख २०८२, बुधबार १३:२१ प्रकाशित
  • Nabintech