विद्यालयको चाबी बोकेर काठमाडौं आउन कर्मचारी परिषद्को उर्दी
  • काँचुली खबर

९ बैशाख, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

परिपत्रमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समयमा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौंमा जारी आन्दोलनमा अनिवार्यरूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ ।’

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा शिक्षकहरू २२औँ दिनदेखि आन्दोलनरत छन् ।

सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि चलाउने तयारी गरेपछि शिक्षक र विद्यालयका कर्मचारी अझै आक्रोशित बनेका छन् ।

  • ९ बैशाख २०८२, मंगलवार १८:०४ प्रकाशित
  • Nabintech