ल बधाई छ है, नयाँ जीवनको सुरुवात गरेकोमा !
  • बिरङ्गना योगी

“ल बधाई छ है, नयाँ जीवनको सुरुवात गरेकोमा”

आज मेरो ईनबक्स यसरी भरिएको छ यहि शब्दले, म खुशी भएँ । यो पहिलो बिहानी पक्कै होईन, मेरो नयाँ जिवनको सुरुवात भएको म जन्मे देखिका सबै बिहानी मेरो नयाँ सुरुवात हुन तर त्यो शब्द मेरा बिहानीलाई उजागर गर्न पक्कै आएको होईन । मेरो कपाल भित्रको रातो रङ्लाइ लक्षित गरेर आएको हो । मेरो सिन्दुरलाई प्रश्न गर्न आएको हो । खुशी लाग्यो, एक हिसाबले मेरा शुभचिन्तकलाई देखेर बैराग लाग्यो एकाबिहानै उहाँहरुको चिन्तनलाई देखेर । म बिवाहित महिला हुँ । दुई सन्तानको आमा पनि हु, पेशाले एउटा शिक्षक पनि हुँ, समाजका लागी एउटा जिम्मेवार महिला नागरिक ब्यक्ति पनि हुँ । र अर्को परिचय एक्लै संघर्षशिल नारि पनि हुँ । रह्यो कुरा सिन्दुर र सम्बन्धबिच्छेदको : सिन्दुर सुहागन हो सौभाग्य हो । एउटा बिवाहित महिलाको चिनारी हो । सम्बन्ध बिच्छेद त्यही सिन्दुरसँग जोडिएको नातालाई कानुनी रूपमा सकिए अथवा श्रीमान र श्रीमतीसङ्गै बस्न नसक्ने वातावरणलाई कानुनद्वार छुट्टीएको प्रमाण हो । यो सम्बन्धमा सिन्दुर पखालिएको हुदैन, पुछिएको पनि हुदैन । मेरो मत्लब स्वाइच्छाले लगाइदैन तर उनी बिधुवा पक्कै होइनन् । उनीहरुको आफ्नो इच्छाले लगाउछु भने लगाउन पाए, आफ्नो सौन्दर्य भित्रको सामाग्रीमा त्यसलाई लिन सके । र अर्को कुरा हिन्दु धर्ममा सोह्र श्रीङ्गारमा सजिएर पुजा-आरधना गर्न भनिन्छ । कति चेली जो भगवान भक्तमा हुनुहुन्छ उहाँहरुले भगवती देविको नाममा पुरै रातो सिंदुर लगाउनुहुन्छ अब त्यसलाई के भन्ने ? फेरि बधाई दिने मेरा भद्र मित्रहरु !

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तपाईंको पुन: बिबाह भएको हो, सिन्दुर देख्छु त रे ? लगाएकै देखाउन आफ्नो श्रीङ्गार पूरा गर्न हो त । देख्न पर्‍यो नि, नदेखे त आँखा कम्जोर भैगो । तर  सम्बन्धबिच्छेद गरेको महिलालाई बिधुवाको नजरले हेर्न भएन । यो नितान्त फरक कुरा हो । बिधुवा दैवीप्रकोपले निम्त्याउछ, त्यहाँ त्यो एकदमै फरक हो त्यो पीडा कुनै पनि महिलाले भोग्न नपरोस् म कामना गर्छु ।

तर सम्बन्ध बिच्छेद श्रीमान-श्रीमतीको सम्बन्ध सकिएको हो । जुन आपसी समझदारिमा पनि हुन सक्छ अथवा कानुनी रूपमा पनि हुनसक्छ । यो अलग हो । र अर्को कुरा सबै नाता सम्बन्ध बिच्छेदमै टुङ्गिने हुदैन । जस्तो मेरा सन्तानसँगको नाता आमा-छोरा, आमा-छोरी । म आमा बनिरहँदा वा म आमाको रूपमा उभिदै गर्दा बुवाको नाम त मेटिदैन । मेरो ममताको छहारी भित्र लुट्पुटाएको सन्तानमा बग्ने रगत बुबाको होला, हो त्यही रगतको सम्मान र सन्तानको सधैं प्रगतिमा खटिरहने म आमाको रूपमा मेरो शिरमा रगत जस्तै रातो रङ देख्नुभयो । यो रङ यत्तिकै आएको पनि होईन, अग्निलाई सात फेरा लगाएर मन्त्र सुनेर बाचाकसम खाएर लगाएको हो । हो, समय बित्दै जाँदा वाचा कम्जोर भए, सम्बन्ध दीर्घकालीन बनाउन सकिएन । मन फेरिए दुबै जनाका बाटो अलग भए र पनि म एउटा आमा हो जोसँग सन्तानको माया, स्नेह लालनपालन गर्नको लागि बाचा-कसम, कानुन कुनै कुरासँग नजोडिएर निरन्तर सन्तानको प्रगति सफलता र उनीहरुको सु-स्वास्थ्यको लागी दिनहुँ पुजा गर्छु भगवान मान्छु र त्यहीँ हिन्दु धर्मसँग सम्बन्धित भएर आफ्ना कार्य गर्दै आएकी छु । यो नयाँ र नौलो कुरा होईन । अहिले कानुनले श्रीमान-श्रीमतीको सम्बन्ध राम्रो नभए वा अलग-अलग बस्न चाहेमा सम्बन्ध बिच्छेद गर्नैपर्ने बाध्यता बनाएको भएर यति धेरै डिभोर्स हुदै आएका छन । जुन हरेक दिन देखिन्छ र सुनिन्छ । हामी हुर्किदै गरेको हिजोको समाज हेर्नु त एकचोटि, बाजेका २/४ वटा बिहे गरेका र सँगै श्रीमती मिलेर बसेका । बुवाका त्यस्तै, नातापाता आफन्त सबैको भएकै थियो । के त्यति बेला अगाडिको श्रीमतीले सिंदुर पुछेकी थिइन त ? फरक त्यत्ति हो त्यति बेला सौतेनी श्रीमान हुँदा पनि विभिन्न बाध्यताले बस्थे, अहिले बस्दैनन् । किनभने महिला पनि मान्छे हुन, उनीहरु पनि आत्मासम्मानका साथ बाच्न चाहन्छन ।
आशय पक्कै बुझ्नुभयो होला । धन्यवाद ।

  • ९ बैशाख २०८२, मंगलवार १३:०२ प्रकाशित
  • Nabintech