इलाका प्रशासन कार्यालय नरैनापुरबाट ११ सय ५१ जनाले लिए नागरिकता
  • काँचुली खबर

७ बैशाख, नेपालगन्ज । बाँकेको नरैनापुरमा २१ वर्षपछि पुनःस्थापना भएको इलाका प्रशासन कार्यालयबाट नौ महिनाको अवधिमा ११ सय ५१ जनाले नागरिकता बनाएका छन् ।

गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि साना साना प्रशासनिक कामका लागि पनि ४५ किलोमिटर टाढा नेपालगन्ज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता पनि अन्त्य भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत साउन ४ गते स्थापना भएको इलाका प्रशासन कार्यालय नरैनापुरबाट चैत्रसम्म वंशज नागरिकता ८ सय, वैवाहिक अङ्गीकृत नागरिकता २ सय ७०, जन्मका आधारमा वंशज २१ वटा र नागरिकता प्रतिलिपि ६० जनालाई वितरण गरिएको का इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख माधव सिंहले जानकारी दिए । बिद्युत् नियमित नहुँदा नागरिकता वितरणमा समस्या आउने गरेको बताउँदै उनले भने, ‘पालिकासँग जेनरेटरको व्यवस्था गरिदिन माग गरेको छु ।’

‘आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको नरैनापुर वडा नं. ४ का १८ वर्षीय मोहम्मद हासिल खाँले बताए। ,‘पहिला नागरिकता बनाउन नेपालगञ्ज जानुपर्थ्यो । जानआउन र नास्तापानीमै खर्च हुन्थ्यो । तर, अब आफ्नै पालिकामा नागरिकता बनी रहेकोले हाम्रो त खर्च नै नहुने भयो’ उनले भने ।

वि.सं. २०४७ मा स्थापना भएको उक्त इलाका प्रशासन कार्यालय तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो ।

३४ हजार नौ सय ४२ जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन स्थापना भए पछि नागरिकहरूलाई ठूलो राहतको अनुभूति भएको छ ।

  • ७ बैशाख २०८२, आईतवार १८:०६ प्रकाशित
  • Nabintech