लुम्बिनी कप महिला फुटबल सुरू, पहिलाे खेलमा आर्मी बिजयी
  • काँचुली खबर

५ बैशाख, नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरू भएकाे छ । नेपालगन्ज रंगशालामा शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताकाे उद्घाटन गरेका छन ।

उदघाटन खेलमा भित्रुवन आर्मी क्लब बिजयी भएकाे छ ।  नकआउटको आधारमा भएको पहिलो खेलमा सुदुरपश्चिमलाई ४-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनल चरणमा प्रवेश गरेको छ । पराजित भएकाे सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन । पहिलो हापमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो । यस्तै दाेस्राे हाफकाे ५३ औ मिनेटमा दाेस्राे गाेल थप्दै अनिताले टिमलाई जिततर्फ अग्रसर गराईन । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरीन भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गाेल गर्दै जित दिलाईन ।

आजको खेलको म्यान अफ दि म्याच दुई गोल गर्ने अनिता लम्जेल बन्न सफल भएकी छिन । खेलमा सुदुरपश्चिम टिमबाट खेलाडी सीता रोकाय र सिर्जना बरालले पहेलो कार्ड पाएका थिए । खेलमा प्रमुख रेफ्रिको भुमिकामा किर्ती सेन रहेकी थिईन भने सहायक रेफ्रिहरुमा अमर घले, अनुपसिंह थारु र कृष्ण खत्री रहेका थिए ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

  • ५ बैशाख २०८२, शुक्रबार २१:५७ प्रकाशित
  • Nabintech