१ बैशाख, कोहलपुर । कोहलपुर न्यू सिटीले नयाँ वर्षको अवसरमा विशेष योजना ल्याएको छ । बाँकेको बैजनाथ ५ मा “कोहलपुर न्यू सिटी” मार्फत पूर्वाधारयुक्त घडेरी बिकास गरी विक्री बितरण गर्दै आएको कोहलपुर डेभलपर्स प्रा.लि. ले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको हो ।
आईतबार कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रा.लि. ले घडेरी खरीद गरी ५ महिनाभित्र घर निर्माण गर्ने ग्राहकहरुलाई घडेरी खरीद मुल्यको ५० प्रतिशत बैंक फाईनान्सको सुविधा उपलब्ध गराउने घोषणा गरेको हो । साथै २ तल्लासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईट्टामा ५० प्रतिशतसम्म छुट दिने प्रा.लि. का व्यवस्थापक सुरेश आचार्यले जानकारी दिए । उनले ग्राहकले घडेरी खरीद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन शुल्क समेत प्रा.लि. ले नै भुक्तानी गरीदिने ब्यवस्था मिलाएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२० बिगाह क्षेत्रफलमा रहेको “कोहलपुर न्यू सिटी” मा ५०० भन्दा माथीका पूर्वाधारयुक्त घडेरी निर्माण गरेको प्रा.लि. ले ८ देखी १२ धुरसम्मका घडेरी विक्रि बितरण गर्दै आईरहेको आचार्यले जानकारी दिए । पश्चिम नेपालमै सुविधासम्पन्न हाउजिङको अवधारणा सहित वि.सं. २०७१ सालदेखी संचालनमा आएको “कोहलपुर न्यू सिटी”मा घडेरी किन्ने ग्राहकको सँख्या बढिरहेको आचार्यले बताए । ग्राहकहरुको चाहना अनुसार प्रा.लि. ले बिभिन्न समयमा विशेष योजना लागु गर्दै आएको उल्लेख गर्दै आचार्यले सिटीभित्र कालो पत्रे सडक, बिजुली बत्ती, खानेपानी तथा सतही पानीको निकासको सुविधा रहेको बताए ।

न्यू सिटीभित्र निर्माणाधिन अवस्थामा रहेको नगर अस्पताल ।
खानेपानीको ट्याङ्की, नगर बसपार्क, प्रहरी चौकी तथा सरकारी अस्पताल निर्माणकालागी आफ्नै स्वामित्वको २२ कठ्ठा जग्गा उपलब्ध गराएको प्रा.लि. ले आगामी दिनमा थप सुविधासहितका योजनाहरु अगाडी बढाउने उद्धेश्य राखेको प्रा.लि. का सिभिल ईन्जिनियर रबिन खड्काले जानकारी दिए ।
खड्का अनुसार हालसम्म १५० वटा प्लट बिक्रि भईसकेका छन भने घर निर्माणको क्रम समेत सुरु भएको छ । बैजनाथ गाँउपालिकासँगको समन्वयमा सिटीभित्रै १५ शैयाको सरकारी अस्पताल निर्माण भईरहेको बताउँदै खड्काले “कोहलपुर न्यू सिटी” पश्चिम नेपालकै नमुना हाउजिङका रुपमा स्थापित हुने दाबी गरे ।
नेपालगन्ज विमानस्थलबाट १८ किलोमिटर तथा कोहलपुर चौराहाबाट ६ किलोमिटर पश्चिम र पूर्व पश्चिम राजमार्गदेखि ४ सय ५० मिटर दक्षिणमा रहेको कोहलपुर न्यु सिटीमा वृक्षारोपण गरेर वातावरणमैत्री क्षेत्र बनाइएको इन्जिनियर खड्काले बताए ।
उनका अनुसार त्यसभित्र मुख्य सडक ७ मिटर र सहायक सडक ५ मिटर चौडाईका छन् । मुख्य सडकमा प्रति धुर ५ लाख २५ हजार र सहायक सडकमा ४ लाख २५ हजारमा घडेरी खरिद गर्न सकिन्छ ।
१ बैशाख २०८२, सोमबार १२:५९ प्रकाशित