३१ चैत्र, नेपालगन्ज । नेपालकै अत्याधिक गर्मी हुने स्थानमध्येको एक बाँकेमा दमकल सेवाको अभाव देखिएको छ । बाँकेका ८ मध्ये तिन स्थानिय तहले मात्र दमकल सेवा सुरु गरेका छन । आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दमकल छैनन् । नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक-एक वटा दमकल रहेका छन ।
त्यसैगरी, नेपालगन्ज विमानस्थालमा दुई र नेपाल आयल निगम राँझामा एउटा मात्र दमकल छ । यही दमकलले जिल्लाभित्र र बाहिर आगलागी भएमा आगो निभाउँदै आएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आगलागीको जोखिमबाट बच्न बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकलको जनशक्तिको व्यवस्थापनमा खास ध्यान दिएको उल्लेख गर्दै चौबीसै घण्टा परिचालनका लागि दमकललाई तयारी अवस्थामा राखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दमकलसँग सम्बन्धित व्यक्ति र सुरक्षा निकायको मुख्य समूहलाई फायर इमर्जेन्सी र फायर फाइटिङसम्बन्धी तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि डिएलएसएले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले गर्मीयाम सुरु भएसँगै आगलागी तथा डढेलोका घटना बढ्ने जोखिम रहेकाले त्यसको नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगलागी तथा डढेलोका कारण धनजनको क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गरी रोकथाम प्रभावकारी बनाउन डिभिजन वन कार्यालयले कार्ययोजना निमार्ण गरी लागू गर्ने, प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि विभिन्न वन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँगको समन्वयमा आगलागी नियन्त्रणका सामग्रीको व्यवस्थापन गर्ने, जिल्लास्थित सबै स्थानीय तहले आगलागी तथा डढेलोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रसारणमार्फत जनचेतना बढाउने निर्णय गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।
सो बैठकले यही चैत २७ गते राति आएको हुरीबतास तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत २०८१ पुसदेखि हालसम्म आगलागीबाट प्रभावित छ घरपरिवारलाई रु. ३५ हजार ५०० राहत रकम वितरण भएको र डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय वनकट्टी (ख) मा रहेको भवनमा क्षति भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको मौज्दातमार्फत दुई थान टेन्ट र चार थान त्रिपाल उपलब्ध गराइएकाले उक्त राहत रकम तथा सामग्री वितरण कार्यलाई बैठकले अनुमोदन गरेको छ ।
३० चैत्र २०८१, आईतवार १३:४८ प्रकाशित